AArya
RUMPUM
animated ellipse animated ellipse

मार्ट्स मेमोरियल स्कुलको कोर्डिनेटरमा नारायण स्वर्णकार नियुक्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ माघ २०८२, सोमबार १८:३६
360
Shares
विराटनगर / विराटनगरस्थित मार्ट्स मेमोरियल स्कुलले विद्यालयको शैक्षिक तथा प्रशासनिक सुदृढीकरणका लागि कोर्डिनेटरको जिम्मेवारी नारायण स्वर्णकारलाई सुम्पेको छ। शिक्षा क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका स्वर्णकारलाई आज एक कार्यक्रमका बीच विद्यालयले उक्त जिम्मेवारी दिएको हो।

विगत २१ वर्षदेखि अध्यापन क्षेत्रमा सक्रिय स्वर्णकार यसअघिदेखि नै सोही विद्यालयमा कार्यरत हुनुहुन्थ्यो। उहाँ विशेषगरी कम्प्युटर विषयको सफल शिक्षकका रूपमा परिचित हुनुहुन्छ।

स्वर्णकारको नियुक्तिले विद्यालयको समग्र प्राज्ञिक वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास विद्यालय प्रशासनले लिएको छ। विद्यालयका प्रिन्सिपल विजय डाँगीले भन्नुभयो, ‘लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्ध र अनुभवी व्यक्तित्वलाई कोर्डिनेटरका रूपमा पाउँदा विद्यालयको पठनपाठन र व्यवस्थापनमा थप टेवा पुग्ने हामीले विश्वास लिएका छौँ।’’

गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध मार्ट्स मेमोरियल स्कुलले अत्याधुनिक र सुविधासम्पन्न भवनबाट शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ। विद्यार्थीहरूले शान्त र भयरहित वातावरणमा सिक्न पाउने यस विद्यालयमा खानाको सुविधासहित मोन्टेसरीमा आधारित कक्षाहरू सञ्चालन भइरहेका छन्। साथै, विद्यालयले आधुनिक ुडीएसटीआइु ९म्क्त्क्ष्० मोडलमा आधारित शिक्षालाई प्राथमिकता दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर