AArya
animated ellipse animated ellipse

कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा अधिकारीले लिए शपथ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ जेष्ठ २०८१, सोमबार २१:०६
117
Shares
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारीलाई शपथ ग्रहण गराएका छन् ।
मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय विराटनगरमा एक समारोहमा बीच झापा विर्तामोड निवासी प्रदेश योजना आयोगका उपाध्यक्ष डा अधिकारीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण समारोहमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी, खानेपानी, सिंचाई तथा  उर्जा मन्त्री  एकराज कार्की, पर्यटन , वन तथा वातावरण मन्त्री नारायणबहादुर मगर, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयकी राज्यमन्त्री सिर्जना राई , पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा  बन्दना झाँगर , विभिन्न मन्त्रालयका सचिव , मुख्यमन्त्री कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर