AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पाँच महिनामा ६२ हजार युवा वैदेशिक रोजगारमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ माघ २०७७, सोमबार १४:११
432
Shares
विराटनगर/चालु आर्थिक वर्षको पाँच महिनामा ६२ हजार युवा वैदेशिक रोजगारमा गएको पाइएको छ ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म नयाँ र पुराना गरी करिब ६२ हजार युवा वैदेशिक रोजगारीमा गएका हुन् ।

कोरोना माहामारीका कारण बन्द भएका हवाइ उडान सुरु भएयता करिब दुई लाख युवा फिर्ता आएको तथ्याङ्कले देखाएको छ । फर्कीएका मध्ये दुई तिहाइले रोजगारी गुमाएको र पारीश्रमिक समेत नपाई फर्कीएका छन् । निःशुल्क उद्धार गर्न सर्वाेच्चले आदेश गरेको भएपनि एक सय ८५ जनाको मात्रै सरकारले निशुल्क उद्धार गरेको पिपुल फोरमका संस्थापक अध्यक्ष तथा अधिवक्ता सोम लुईटेलले जानकारी दिए ।

उद्धार गर्न सरकरले ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको भएपनि माघ १५ सम्म एक करोड ५६ लाख रुपैया खर्च भएको छ । कोरोना माहामारीका कारण आक्रान्त बने पनि वैदेशिक रोजगारीमा जाने क्रम भने नरोकिएको पाइएको छ ।

पिपुल फोरमको आयोजनामा विराटनगरमा सम्पन्न कोभिड १९ को सन्दर्भमा आप्रवासी कामदारको न्यायमा पहुँच सम्बन्धी अभिमुखिकरणका क्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो । कोरोनाका कारण वैदेशिक रोजगारबाट फर्कने संगसंगै जाने क्रमपनि जारी छ । आप्रवासी कामदारको हकअधिकार बारे नितिगत व्यवस्थाको जानकारी गराउँदै आप्रवासी विज्ञ समेत रहेका अधिवक्ता लुइटेलले कोरोना माहामारीका कारण विगत वर्षमा भन्दा यतिबेला वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएपनि विदेश जाने क्रम भने नरोकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर