animated ellipse animated ellipse

दुग्ध सहकारीको थप रकम कटौती

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० फाल्गुन २०७८, मंगलवार १३:१७
171
Shares
विराटनगर /दूधमा पाइने अतिरिक्त रकम (टीएस) मा कटौती गरेपछि प्रदेश १ का दुग्ध उत्पादक सहकारी संस्थाहरु आन्दोलित भएका छन् ।

दुग्ध विकास संस्थान (डिडिसी) ले देशभरका दुग्ध उत्पादक सहकारीलाई दूध संकलन गरेवापत प्रतिलिटर दूध बराबर ३ रुपैयाँ अतिरिक्त रकम दिने गरेको थियो । दूधमा पाइने अतिरिक्त रकम टीएस कटौति गरेपछि प्रदेश १ मा रहेका दूग्ध उत्पादक सहकारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले बिगतमा दिदै आएको टीएस रकम नदिए चरणबद्ध आन्दोलनमा उत्रिने चेतवनी दिएका छन् । धनकुटाका जिल्लाभरीका दुई दर्जन दूग्ध उत्पादक सहकारीहरुका पदाधिकारीहरु आइतबार दुग्ध विकास संस्थान विराटनगर दुग्ध वितरण आयोजनामा कटौती गरेको टीएस रकम यथावत राख्नुपर्ने माग राख्दै डिलिकेसन आएका थिए ।

दुग्ध उत्पादक जिल्ला सहकारी संघका अध्यक्ष नारबहादुर कट्वालले सरकार स्वामित्वको संस्थानले मनलाग्दीरुपमा किसानले पाउँदै आएको अतिरिक्त रकम घटाउन नहुने बताए । ‘घटाएको टिएस रकम तत्काल यथावतमा नराखे प्रदेशभरीका दूग्ध उत्पादक सहकारीहरु किसानलाई साथमा लिएर आन्दोलनमा उत्रिन बाध्य हुनेछौं,’ उनले भने । सहकारीलाई संस्थानले २६ माघमा टिएस रकम कटौति गरेको परिपत्र पठाएको थियो । यहाँका दूग्ध उत्पादक सहकारीहरुले संस्थानले दिदै आएको टिएस रकम कटौति भए सहकारीहरु बन्द हुने भएकोले आन्दोलनमा होमिनुपर्ने अवस्था आउने अध्यक्ष कटुवालले बताए ।

प्रदेश १ मा २ सय ७२ वटा दुग्ध उत्पादक सहकारीबाट दैनिक १४ हजार ५ सय लिटर दुध संकलन हुदै आएको संस्थानले जनाएको छ ।

दुग्ध विकास संस्थान विराटनगर दुग्ध वितरण आयोजना प्रमुख गणेशकुमार यदावले सरकारले दुधको मृल्य वृद्धि गरेपछि टिएस कटौती भएकोले माथिल्लो निकायबाट भएको बताए । ‘यहाँबाट कटौति भएको होइन,’ उनले भने, ‘ दूधमा पाइने अतिरिक्त रकम टीएसको कटौति गरेको परिपत्र केन्द्रबाट आएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर