animated ellipse animated ellipse

कोशी प्रदेशको मुख्यमन्त्री कार्कीलाई ओखलढुंगा नआउन चेतावनी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ मंसिर २०८०, मंगलवार ०७:४६
414
Shares
विराटनगर / प्रदेश नं. १ पुनः नामांकन संयुक्त सङ्घर्ष समितिले ओखलढुंगामा नेपाली काँग्रेसको गर्ने कार्यक्रममा प्रदेशसभाका सदस्यहरुलाई सहभागी नहुन चेतावनी दिएको समाचार आजको हाम्रोमत दैनिकले छापेको छ ।

ओखलढुङ्गामा आज नेपाली काँग्रेसद्वारा निर्मित बिपी स्मृत भवन उद्घाटन तथा नेपाली काँग्रेस जिल्ला सम्मेलनमा कोशीको पक्षमा मतदान गर्ने सदस्यहरुलाई सहभागी नहुन संघर्ष समितिले चेतावनी दिएको हो ।

कार्यक्रममा केन्द्रीय सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, वरिष्ठ नेता शेखर कोइराला, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलगायतका नेताहरू सहभागी हुने भनिएको छ । संघर्ष समितिले कार्यक्रमको कार्यक्रममा कुनै विरोध नभएका भएपनि भवन उद्घाटनको बहानामा मुख्यमन्त्री केदार कार्की, संसदीय दलका नेता पूर्वमुख्यमन्त्री उद्धव थापा, प्रदेश सांसद प्रदीपकुमार सुनुवारलाई भने अबरोध गर्ने चेतावनी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘मुख्यमन्त्री केदार कार्की, उद्धव थापा, प्रदेश सांसद प्रदीप सुनुवार लगायतलाई कार्यक्रममा नजान र आयोजकले सहभागी नगराउन सङ्घर्ष समितिको तर्फबाट खबरदारी भइरहेको र यो विज्ञप्तिमार्फत पनि काँग्रेस पार्टीलाई जानकारी दिन चाहन्छौँ ।’ समितिले ‘कोशी’ नाम खारेजीलाई गम्भीर रूपमा कार्यान्वयन गर्नुको सट्टा सङ्घर्ष समितिलाई चिढ्याउने भ्रमणको प्रचारले स्थानीय आक्रोश पैदा भएको जनाएको छ ।

‘कोशी’ प्रदेश नाम खारेजी नभएसम्म आन्दोलन सशक्त बनाउन गरिएको जनाउँदै विज्ञप्तिमा ‘कोशी’ नाममा हस्ताक्षर गर्ने ८२ प्रदेश सांसदका साथै पहिचान पक्षधरलाई आपराधिक गाली गर्दै गर्ने तीन नेताविरुद्ध जनता गाउँगाउँमा आक्रोशित रहेको दावी गरिएका छ । उनीहरुविरुद्ध कालो झन्डा लगायतको विरोध प्रदर्शन हुँदै आएको उल्लेख गर्दै विज्ञप्तिमा नेपाली कांग्रेसकै १४ जिल्ला सभापतिहरूले संयुक्त विज्ञप्ति प्रकाशन गरेर ‘कोशी’ नाम बारे पुनर्विचार गर्न दिएको सुझाब स्मरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर