खबर पूर्वाञ्चल
भारतमा हाल सम्म १२ हजार ६ सय ५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । भारतमाहाल सम्म ३ लाख ८१ हजार ४ सय भन्दा धेरै सङ्क्रमित भएका छन् । भारत विश्वमा नै कोरोनाका कारण धेरै प्रभावित हुने देश मध्ये चौथोमा रहेको छ । त्यस्तै भारतमा अहिलेसम्म दुई लाखभन्दा बढी सङ्क्रमित डिस्चार्ज वा निको भइसकेका छन् ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख २० हजार ५ सय ४ संक्रमित फेला परेका छन् भने पाँच हजार ७ सय ५१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म ५२ हजार ३३४ सङ्क्रमित भएका छन् । दिल्लीमा ४९ हजार ९७९ संक्रमित भेटिँदा एक हजार ९६९ को मृत्यु भइसकेको छ ।