RUMPUM
animated ellipse animated ellipse

मोटरसाईकल चोरी आरोपमा पाँच पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ जेष्ठ २०८०, सोमबार १७:२४
171
Shares
विराटनगर / मोरङ प्रहरीले मोटसाइकल चोरी आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । विभिन्न मितिमा मोटसाइकल चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मोरङ कटहरी गाउँपालिका – ६ का १९ वर्षीया प्रकास सरदार, सोही ठाउँका २० वर्षीया दिपेश कुमार सरदार, २१ वर्षीया विजय सहनी, २५ वर्षीया जितेन कुमार राय र विराटनगर महानगरपालिका वडा नं.– ८ का २० वर्षीया रोहित चौधरी रहेका छन् ।

प्रहरीले उनीहरुलाई विभिन्न स्थानबाट को ३० प ७६९२ नम्बरको आर १५, को २५ प १३२६ नम्बरको पल्सर, को ३७ प १३२३ नम्बरको ग्ल्यामर मोटरसाईकलसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन बहादुर दाहालले जानकारी दिए ।

पक्राउ परेका पाँचै जनालाई प्रहरीले मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा मिति आइतबार सात दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर