RUMPUM
animated ellipse animated ellipse

एम्स कलेजमा मिस्टर एण्ड मिस फ्रेसरको प्रतियोगिता हुँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ मंसिर २०७८, शुक्रबार १२:३५
297
Shares
विराटनगर / विराटनगर –९ स्थित एम्स कलेजले‘अ हण्ट फर मिस्टर एण्ड मिस फ्रेसर’ प्रतियोगिता गर्ने भएको छ ।
कलेजले बि.बि.एस, बि.एच.एम र बि.एस.सि. सि.एस.आई.टि.संकायका नव आगन्तुक विद्यार्थीहरु माझ प्रतिभाको खोजी गर्न प्रतियोगिता गर्न लागेको हो । हरेक वर्ष गर्दै आएको प्रतियोगिताको यो छैटौं सिजन हो ।

विद्यार्थीमा अन्तर्निहित क्षमताको प्रस्फुटन गराउने र उनिहरुलाई नेतृत्वको विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्याम्पस प्रमुख सिएम बस्नेतले बताउनुभयो । कलेजमा स्थापित विद्यार्थी क्लबले आयोजना गर्ने यो कार्यक्रममा आयोजक विद्यार्थीहरुले समेत धेरै कुरा सिक्ने क्याम्पस प्रमुख बस्नेतले विश्वास ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै बि.बि.एस. तेस्रो बर्षमा अध्ययनरत २०१९ का मिस्टर फ्रेसर प्रवेश अधिकारीले कलेजले आफूलाई अघि बढ्न धेरै ठूलो मौका दिएको र यस्तो अवसर कसैले गुमाउन नहुने बताए । फ्रेसर अधिकारीले एम्स कलेज अध्ययन गर्न थालेपछि आफुमा धेरै कुरामा परिवर्तन पाएको अनुभूति हुने बताए । कलेजले प्रदान गरेको वातावरणको प्रशंसा गर्दै अधिकारीले भने, ‘एम्सले पाठ्यपुस्तक मात्र होइन, जीवन पढाउँछ ।’

यस पटकको ‘अ हण्ट फर मिस्टर एण्ड मिस फ्रेसर २०२१’ कलेजको ट्युलिप हाउसले गर्दैछ । हाउसका अध्यक्ष विद्यार्थी सोनु रौनियारले कलेजले दिएको यस्तो परियोजना विद्यार्थीका लागि ठूलो कुरा भएको बताए । उनले भने, ‘हामी विद्यार्थीलाई कलेजले विश्वास गरेर यस्तोे ठूलो कार्यक्रम गर्न दिनु कलेजले विद्यार्थीप्रती गरेको सदभाव हो । यसलाई हामीले अवसरको रुपमा लिएकाछौं ।

यस कार्यक्रममा सम्पूर्ण नव आगन्तुक विद्यार्थीहरु मध्येबाट कार्यक्रममा ईच्छुक १०२ जना विद्यार्थीले प्रतिस्पर्धा गर्दैछन् । आज कार्यक्रमको अडिशन हुँदैछ जसमा शिक्षिका अन्जु भुजेल र संयोजक सुरेन्द्र मण्डल निर्णायक रहनेछन् ।

कार्यक्रमका विविध सेग्मेन्ट अन्तर्गत परिचय, इम्प्रोम्टु राउण्ड, ब्रिटिस पार्लियामेन्ट मोडलमा वादविवाद , ट्यालेण्ट राउण्ड, लोजिकल राउण्डलगायतका कार्यक्रम रहने छन् ।

प्रतियोगितामा विभिन्न सेग्मेन्टबाट विजयी १० छात्रा र १० छात्र फाइनलमा पुग्नेछन् । विजेता फ्रेसरलाई क्यास पुरस्कार र विभिन्न गिफ्ट दिइने कुरा क्याम्पस प्रमुख बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर