आज विहान सार्वजनिक मतपरिणाम अनुसार राईले अध्यक्षमा ८२५३ मत र पौडेलले उपाध्यक्षमा ५६२६ मत ल्याएर निर्वाचित भएका हन् । मोरङको १७ स्थानिय तह मध्ये पहिलो स्थानिय तहको मत परिणाम सार्वजनिक भएको हो ।
अघिल्लो स्थानिय तहको निर्वाचनमा एमालले अध्यक्ष र उपाध्यक्ष जितेको गाउँपालिकामा यस पटक गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । एमालले मिक्लाजुङ्ग आफ्नो गढको रूपमा लिने गरेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा हार भएको छ । यहाँ एमालेका उम्मेदवार नरेन्द्रप्रसाद ढुङ्गेल अध्यक्षमा पराजित भए । उनले ४९१६ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा एमालेकी निर्मला राई ५४५५ मत ल्याएर पराजित भइन् । पालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा फरक पार्टीका पुरुष उम्मेद्वार विजयी भएका हुन् ।
मिक्लाजुङ्गका गाउँपालिकाको ९ वडामा काँग्रेसले पाँच, माओवादी केन्द्र र एमालेले २÷२ वडा जितेका छ । मिक्लाजुङ्ग १ मा काँग्रेसका पर्वत राईले ९२१, २ मा काँग्रेसका बलबहादुर श्रेष्ठले ६०६ मत, ३ मा एमालेका सन्तोषकुमार मगरले ८९८ मत, ४ मा काँग्रेसका विशाल राईले ९०८ मत, ५ मा मेघनाथ तामाङ्गले ३८१ मत, ६ मा काँग्रेसका खडीबहादुर मगरले ११२२ मत, ७ मा एमालेका सुशिलराज चौहानले ८७१ मत, ८ मा माओवादीका पूर्ण बहादुर कुवरले ८०० मत र ९ मा काँग्रेसका सेमन्त राज दाहालले ६३४ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् ।
तपाईको प्रतिक्रिया