खबर पूर्वाञ्चल
सुनसरी धरानको मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय स्तरिय बाँस्केटवल प्रतियोगाको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री राईले सो कुरा बताएका हुन् ।
मन्त्री राई आगामी आर्थिक वर्षको बजेटमा खेलक्षेत्रलाई प्राथमिकतामा राखी काम गरिने बताए । उनले खेलकुदको माध्यमबाट देश–देशको वीच सम्वन्ध गाडा बनाउन सकिने बताए ।
प्रदेशमा खेलकुद क्षेत्रको पूर्वाधार विकासका लागि काम गरिने रहने समेत उनले बताए । खेलकुद क्षेत्र महत्वूर्ण रहेकाले शिक्षासँगै खेललाई पनि अगाडी बढाउन आवस्यक रहेकोमा मन्त्री राईको जोड छ । उनले बास्केटबल खेलका लागि पनि प्रदेश सरकारले महत्वपूर्ण काम गर्ने बताए ।
मन्त्री राईले स्वस्थ्य राष्ट्र बनाउन र राष्ट्र चिनाउनका लागि खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने भएकाले खेल क्षेत्र सवैको प्राथमिकतामा पर्नुपर्ने बताए ।