AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आजदेखि विराटनगरबाट अनलाइन न्युज पोर्टल ‘द नेप्लिज डट कम,’ शुभारम्भ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ माघ २०८१, शुक्रबार १८:०६
468
Shares
विराटनगर/ अनलाइन न्युज पोर्टल ‘द नेप्लिज डट कम,’ को आजदेखि शुभारम्भ भएको छ ।

अनलाइनको शुभारम्भ ८ वर्षीय बालक खेमबाबुले कम्प्युटरको कीबोर्ड थिचेर गरेका छन् ।

बालबालिका कसैसँग कुनै किसिमको विभेद नगर्ने भएकाले यो अनलाइनले पनि भेदभाव रहित रुपमा समाचार, विचारलगायतका सामग्री सम्प्रेशन गर्ने नीति लिएकोले बालकबाट शुभारम्भ गरेको हो ।

बालबालिकाले जुनसुकै परिस्थितिमा सत्य नै बोल्ने गरेकाले यो अनलाइनले पनि जस्तोसुकै परिस्थितिमा पनि कुनै किसिमको दबाब र प्रभावमा नपरी सत्यतथ्य समाचार, विचारलगायतका सामग्री पस्किने समेत नीति लिएको प्रबन्धक देवनारायण साहले बताए ।

‘दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमै सत्रिय व्यक्तित्वहरुले नेतृत्व गरेको यो अनलाइन जनरुची अनुसार फरक ढंगले अघि बढ्दै सफल हुने विश्वास छ,’ उनले भनिन् ।

प्रबन्धक साहले नयाँ प्रविधिको उदय र सामाजिक सञ्जालको प्रभावले पत्रकारितामा देखिएको चूनौतिलाई आत्मसात गर्दै नवयुगको चाहना अनुरुप अघि बढ्ने बताए । आमसञ्चार क्षेत्रमा तीन दशक बढीको अनुभव, दक्षता र योग्यतालाई यो डिजिटल पत्रिकामा कार्यान्वयन गर्ने अवसरको रुपमा लिएको प्रधान सम्पादक जितेन्द्र साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर