विद्यालयका ४० विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा गुरु दक्षिणा शिर्षकको कविता वाचन गर्दै उजागर नेपाल प्रथम भए । यस्तै विचार शिर्षकको कविता वाचन गरेका पुष्पराज तिम्सिना द्धित्तिय र ओजस्वी कर्ण तृतिय भए ।
प्रतियोगिताका विजयीहरुले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । विजयीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कवि मीनकुमार श्रेष्ठ र विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले प्रमाणपत्र र नगद हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै कवि तथा पत्रकार मीनकुमार श्रेष्ठले एभरेष्ट विद्यार्थीहरुको चौतर्फी विकासका निम्ति बनाएको वातावरणको प्रशंशा गर्दै कला र साहित्य सधै जीवन्त रहने चर्चा गरे। उनले कला र साहित्य सधैं अमर रहने भन्दै सवै पेशा व्यवसाय पूर्व हुने तर कला साहित्य पूर्व नहुने बताए।
विद्यालयका प्रिन्सिपल पुरीले विद्यार्थीको सर्वाङ्गिण विकासका निम्ति सबै किसिमको वातावरण तयार गर्दै लगेको भन्दै विद्यार्थीले पनि अध्ययनको साथ साथै आ–आफ्नो रुचिअनुसारका कृयाकलापमा सक्रिय सहभागिता जनाउन आग्रह गरे । उनले भने,‘हाम्रा विद्यार्थी जुन क्षेत्रमा लागेपनि सबैभन्दा अब्बल हुनुपर्छ भन्ने चाहना छ, हामी वातावरण बनाईदिन्छौं, मेहनत तपाईहरुले गर्नुपर्छ ।’
कार्यक्रममा विद्यालयका सहप्राचार्य टीएन भण्डारीले छोटो समयमा विद्यार्थीले जनाएको सक्रिय सहभागिताको प्रशंशा गर्दै, जे गर्दा पनि अब्बल बन्नेगरि लाग्न सुझाव दिए। खुल्ला रुपमा विद्यार्थीहरुबिच गरिएको प्रतियोगितामा विभिन्न शिर्षकमा कविता वाचन भएको थियो । ति मध्ये उत्कृष्ट तीन छनौट गर्न माधव खतिवडा र खम्बसिंह नेपालले निर्णायकको भूमिका निर्वाह गरे।
तपाईको प्रतिक्रिया