फोनिजको स्थापना दिवसमा स्वास्थ्य शिविर, ६० जनाले गरे परीक्षण

खबर पूर्वाञ्चल, २७ श्रावण २०८०, शनिबार १५:५१
234
Shares
विराटनगर / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) २४ औं स्थापना दिवसको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

फोनिज मोरङ शाखाको आयोजनामा विराटनगरमा भएको स्वास्थ्य शिविरमा ६० जनाले स्वास्थ्य परीक्षण गरेका हुन् ।

फोनिजको २४ औ स्थापना दिवसको अवसर पारेर फोनिज संघीयले विराटनगरमा आज सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा सहभागि भएका अतिथि र उपस्थीत संचारकर्मीहरुको लागि फोनिज मोरङले स्वास्थ्य शिविर राखेको थियो । जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर विराटनगरको प्राविधिक सहयोगमा भएको शिविरमा ब्लट पेसर र सुगरको जाँच गरिएको थियो । जनरल हस्पिटलबाट आएका स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५