animated ellipse animated ellipse

२० बर्षदेखि वेपत्ता राजन राई घर आए, गाउँ नै खुशी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ बैशाख २०७८, शुक्रबार २०:१८
1.01k
Shares
अनिल वाग्ले
बुधबारे / झापा बुद्धशान्ति १ देउराली निवासी पूर्णबहादुर राई र नरमाया राईका माइला छोरा राजन राई (राजु) २०५८ सालदेखि बेपत्ता भए । वेपत्ता भएको यतिका वर्ष भइसक्दा परिवारले उनी फेरि घर आउलान् भन्ने आशा मारिसकेको थियो । अझ भनौ उनी बाँचेका छन् भन्ने कुरामा पनि विश्वास थिएन सायद कसैलाई ।

तर सामाजिक सञ्चालको माध्यमबाट २० वर्षदेखि हराएका राजन परिवारको सम्पर्कमा मात्र आएनन् आज घर नै आइपुगेका छन् । र घर आउँदा उनको परिवारमा मात्रै होइन यतिवेला सिँगो गाउँमा नै खुशी छाएको छ । मुम्बईको एक अस्पतालमा वेवारिसे अवस्थामा रहेका राजनको बारेमा सामाजिक सञ्जालमा शेख अलि नैसेनले भिडियो अपलोड गरे । त्यो भिडियो भाइरस बन्यो अन्तत परिवारले थाहा पाए । त्यो बेला परिवारमा खुशीको सिमा नै रहेन । उनलाई मुम्बईबाट घरल्याउन विभिन्न व्यक्ति तथा संस्थाले सहयोग ग¥यो । सबैको सहयोगले आज उनी २० बर्ष अघि छाडेर गएको घर आइपुगेका छन् ।

तर उनी तन्दुरुस्त भने छैनन् । उनलाई प्यारालाइसिस भएको परिवारले बताएको छ । उनलाई थप उपचारको आवश्यकता परेको छ । आर्थिक अवस्था अत्यन्त्यै कमजोर त्यो परिवारका लागि उनको उपचार फलामको चिउरा चपाउनु जस्तै छ ।राजन राई उद्दार तथा उपचार समूहका संयोजक प्रकाश भण्डारीले भने ‘राजनलाई पहिलो पटक भेटाएर सामाजिक संजालमा खोजीका लागी भिडियो अपलोड गर्ने सेख अलि नैसेन, मुम्बई बसोबास गर्दै आउनुभएका देवी गिरि, विवेक भण्डारी, अमेरिकामा रहेका दुर्गा मगरलगायत सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरु धन्यवादका पात्र हुनुहुन्छ ।’

 

बुधबारे जेसीजका पूर्व अध्यक्ष समेत रहेका भण्डारीको संयोजकत्वमा राजन राई उद्दार तथा उपचार समूह गठन भएको छ । सो समूहले राजनको थप उपचारको प्रवन्ध मिलाउने बताइएको छ । उनको उपचार गर्नलाई लागि सो समूह हालै गठन भएको छ भने समूहले उपचारका लागि आर्थिक सहयोगको अपील पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर