पूर्वाञ्चल खबर
शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरले विराटनगरमा आज पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो ।
शिक्षा सम्बन्धी विभिन्न कार्यक्रमहरु र प्रगति तथा विविध किसिमका शैक्षिक सूचनाहरु सरोकारवालाहरुलाई सुसूचित गर्ने कोशी प्रदेशस्तरीय पत्रकार भेटघाट कार्यक्रम निर्देशक सुरेश जोशीले प्रदेश र स्थानीय स्तरमा शिक्षा सम्बन्धी सुधारको लागि आवश्यक सुझाव सङ्लकन गर्नुका साथै विद्यार्थी भर्ना , गुणस्तरी शिक्षा पहुंच, नमूना विद्यालय स्थापना लगायतका कार्य भएको जानकारी दिए । उनले विद्यालयमा सेनटरी प्याड, भौतिक पूर्वाधार, कक्षा कोठा भित्र वहिर सुधार लगायतका विषयमा आवश्यक सुझाव सङ्कलन गरी कार्यान्वयन गर्ने दिशातर्फ अघि वढेको बताए ।
केन्द्रका प्रवक्ता रुद्र न्यौपानेले पहिलो पटक मोफसलमा यस प्रकारको कार्यक्रम गरेको जानकारी दिँदै सङ्घीय शिक्षा ऐन नआएकोमा सरोकारवालाकाहरुले चासो रहेको विचार व्यक्त्त गरे । उनले शिक्षक तालिमको पाठ्क्रमको ढाँचा निर्माण, सामग्री विकास ,मापदण्ड विकास एवं प्रमाणीकरण लगायतका कार्यहरु भएको बताए । स्थानीय तहमा कर्मचारीको अपर्याप्ता र क्षमता विकास, जिम्मेवारी तथा कार्यक्षेत्रको अन्यौलता, जनशक्तिको अभाव, नमूना विद्यालय, भौतिक निर्माण सुधार लगायतका केही विषयमा दोहोरो लगायतका समस्या रहेको उनले जानकारी दिए ।
शिक्षा विकास समन्वय इकाई विराटनगरका प्रमुख टङ्कप्रसाद गौतमले हालै सम्पन्न एसइई परीक्षामा चार सय नक्कली परीक्षार्थी पक्राउ गरी कानूनी अनुसार कारवाही गरेको जानकारी दिए ।
विसं २०७९ मा मुलुकमा आधारभूत शिक्षाको तह परा गर्ने दर ७७ दशमलव एक प्रतिशत रहेको छ भने पाँचदेखि १२ वर्ष उमेरका विद्यालय बाहिर रहेका बालबालिहरु तीन दशमलव नौ प्रतिशत रहेको तथ्याङक प्रस्तुत गरिएको थियो ।