AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लक्ष्मी स्मृतिको ‘तमासा’ मुक्तकसङ्ग्रह विमोचन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ कार्तिक २०७७, शनिबार १८:१३
261
Shares
विराटनगर / साहित्यकार लक्ष्मी स्मृतिको ‘तमासा’ मुक्तकसंग्रहको आज विमोचन गरिएको छ ।

नेपाल मुक्तक प्रतिष्ठान प्रदेश १ ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा स्मृतिको ‘तमासा’ मुक्तक संग्रहको विमोचन गरिएको हो । कार्यक्रममा प्राज्ञ विवश पोखरेल, प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेल, अग्रज साहित्यकार मधु पोखरेललगायतले मुक्तकसंग्रहको विमोचन गरेका थिए । विमोचित कृतिका बारेमा साहित्यकार हरि कट्टेलले समीक्षा गरेका थिए ।

उनले संग्रहभित्रका मुक्तकले हरेक विषयवस्तुलाई उठाएको चर्चा गरे । अहिले मुलुकले भोगेको राजनीतिक, सामाजिक र आर्थिक व्यतिथिका साथै बेरोजगारी, अभाव, लैंगिक विभेदलगायतलाई संग्रहमा लेखकले सशक्त रुपमा प्रस्तुत गरेको समीक्षक कट्टेलको भनाइ थियो । समारोहका प्रमुख अतिथिसमेत रहेका प्राज्ञ विवश पोखरेल, अन्तर्राष्ट्रिय साहित्य समाज कोशीका संयोजक रामबाबु दाहाल, अन्तर्राष्ट्रिय जनसांस्कृतिक संघ नेपालका अध्यक्ष मधु पोखरेल, झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईं, कवि एवं पत्रकार मीनकुमार नवोदित, नारी स्रष्टा समाज विराटनगरकी अध्यक्ष ममता मृदुललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मुक्तक प्रतिष्ठान प्रदेश १ ले प्रकाशित गरेको मुक्तक संग्रहमा ३ सय ६ वटा मुक्तक समावेश गरिएको छ । प्रदेशभित्र रहेका अन्य मुक्तककारहरूका कृति क्रमशः प्रकाशित गर्दै जाने प्रतिष्ठानका मदन भण्डारीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर