RUMPUM
animated ellipse animated ellipse

चुनावी प्रचारमा तिव्रता दिँदै प्रदेशसभा उम्मेदवार न्यौपाने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ कार्तिक २०७९, शुक्रबार १८:४०
216
Shares
विराटनगर / मोरङ क्षेत्र नम्बर ६ (क) की नेकपा एमालेकी प्रदेशसभा सदस्यकी उम्मेदवार रीता न्यौपानेले चुनावी प्रचार अभियानलाई तिव्रता दिएकी छिन् । मतदाताको घरघरमा पुगेर आफ्नो एजेण्डा सुनाउँदै न्यौपानेले भोट मागिरहेकी छिन् ।

वडागत रुपमा समूह बनाएर प्रचार अभियानलाई तीव्रता दिएको उनको सचिवालयले जनाएको छ । १७ गतेदेखि कोणसभा आमसभा गर्न पाउने भएपछि उनले घरदैलोपश्चात ठाउँठाउँमा कोणसभा गरेर आफ्ना एजेण्डाहरु मतदातामाझ राख्ने गरेको न्यौपानेले बताइन् ।

अरुलाई दोष दिनुभन्दा नि आफूले काम गरेर नै देखाउने रीता बताउँछिन् । ‘को कस्तो भनेर मलाई जानु छैन, कस्ले के गर्याे त्यो पनि मलाई आवश्यक छैन्’, उनले भनिन्, ‘म कसैलाई गाली, आरोप प्रत्यारोप गर्दिन, लान्छना पनि लगाउदिन, आफ्नो एजेण्डा राख्छु, जनताका समस्या सुन्छु र सोही अनुसार काम गरेर देखाउँछु ।’

आफ्नो प्रतिस्पर्धी जीवन आचार्यले महिलालाई होच्याएर राखेको विषयमा मतदाताले बोल्न आग्रह गरिरहे पनि आफूले नबोलेको उनले बताइन् । ‘जसको जति दिमाग हुन्छ त्यही गर्ने हो, उसले महिलालाई नराम्रो भन्यो, होच्यायो भन्दैमा मैले पुरुषलाई होच्याउनुपर्छ भन्ने हैन्, म त सबैलाई समानरुपमा अगाडि बढाउनुपर्छ भन्ने सोचको उम्मेद्वार हुँ’ उनले भनिन् । ‘को राम्रो उमेदवार भन्ने कुरा अब जनताले छुट्याउने हो’, उनले भनिन्, ‘जनताको समस्या बुझेको, सँधै जनतामाझ नै रहेको र सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सोच भएकाले नै जनताले आफूलाई जिताउनेमा आशावादी रहेको उनले बताइन् ।

आगामी मंसिर ४ को निर्वाचनका लागि घरघर तथा टोल टोल पुगेर न्यौपानेले आफ्नो एजेण्डा राख्दा मतदाताप्रति उत्साह बढेको छ । आफ्नो प्रतिस्पर्धी तथा अन्य कसैलाई गाली नगरी आफ्नो एजेण्डामा कुरा गर्ने बानीले पनि न्यौपानेप्रति मतदाताको आकर्षण बढेको छ ।

क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य लालबाबु पण्डित पनि चुनावी अभियानमा सक्रिय रहेका छन् । आफूले ५ वर्षको अवधिमा गरेको कामहरु जनतामाझ राख्दै अपुरो काम पूरा गर्नको लागि फेरि निर्वाचनमा होमिएको बताउँदै घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।

सत्ता गठबन्धनकोबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काग्रेसका नेता डा.शेखर कोइराला उम्मेदवार छन् भने प्रदेशसभा (क) मा नेकपा माओवादीका जीवन आचार्य उम्मेदवार बनेका छन् । उनी माओवादी अध्यक्ष प्रचण्डका ज्वाँई हुन् । केही दिन अगाडि महिलालाई होच्चाएर दिएको अभिव्यक्तिले आचार्य विवादमा तानिएका थिए ।

प्रदेशसभा (ख) मा एमालेका पर्शुराम बस्नेत र सत्ता गठबन्धका तर्फबाट केदार कार्की उमेदवार छन् । कार्की हालका आन्तरिक मामिला तथा कानुनमन्त्री पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर