खबर पूर्वाञ्चल
प्रदेश प्रमुख अधिकारी समक्ष नेपालको संविधानको धारा २९४ को उपधारा (३) वमोजिम आयोगको आव २०७६÷७७ को बार्षिक प्रतिवेदन आयोगका इटहरी प्रदेश कार्यालयका प्रमुख प्रकाश पौडेलले हस्तान्तरण गरे ।
सो अवसरमा प्रदेश प्रमुख अधिकारीले मुलुकलाई अनुशासित कायम गर्न आयोगको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै यर्थातता भित्र रही विधिमार्फत अनुसन्धानलाई गतिदिनु पर्नेमा जोड दिए ।
उनले आयोग वढी मेहनत, खोज, अनुसन्धान , होसियारी एवं गम्भिर रुपमा कार्य गर्ने गरेकोले यसको कार्य नेतादेखि कर्मचारी ,व्यक्ति लगायत जनसुधारको सरोकारबाला संस्था भएको बताए ।
उनले आयोग मुलुकको भ्रष्टाचार नियन्त्रणमा निगरानी गर्ने संस्था भएकोले यसले आफ्नो कार्यमार्फत दुधको दुध र पानी छुट्याउ सफलता प्राप्त गर्न सक्षम रहेको बताए ।
आयोगका इटहरी प्रमुख प्रकाश पौडेलले स्थानीय विकास निर्माणमा अख्तियार दुरुपयोगको उजुरी अधिकांश आउने गरेको जानकारी दिदै बैकिङ्ग प्रणाली नभएको स्थानमा सरकारी रकमको दुरुपयोग हुने गरेको बताए ।
आयोगमा आव ०७६।७७ मा दर्ता भएका १०१७ उजुरी मध्ये सवैभन्दा वढी सुनसरी जिल्लाको २३६ रहेको छ भने समग्र रुपमा उजुरी फछर्यौट ४४ दशमलव ३ प्रतिशत रहेको तथ्याङकमा उल्लेख गरिएको छ।
यसैगरी क्षेत्रगत निकाय अन्तर्गत सवैभन्दा वढी सङ्घीय मामिला(स्थानीय तह समेत)मा ३० दशमलव ०७ प्रतिशत उजुरी दर्ता भएको छ ।
तपाईको प्रतिक्रिया