AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नवौं संस्करणको मिस कोशी हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ असार २०८२, मंगलवार १८:२८
99
Shares
विराटनगर / विराटनगरमा नवौं संस्करणको मिस कोशी सौन्दर्य प्रतियोगिता हुने भएको छ।

प्रतियोगिताको विराटनगरमा अडिशन असार २८ गते शनिबार हुने भएको छ।

जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा मिस कोशी प्रतियोगिता प्रत्येक वर्ष हुँदै आएको छ। प्रतियोगितामा भाग लिन इच्छुक प्रतियोगीहरूका लागि आयोजकले आवेदन खुल्ला गरिसकेको जय मिडिया म्यानेजमेन्टका अध्यक्ष जयराज राँयले जानकारी दिए।

‘मिस कोशी प्रतियोगितामा किशोरीहरुको प्रतिभाहरूलाई पहिचान दिलाउने र उनीहरूको क्षमता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको छ। यो प्रतियोगिताले युवतीहरूलाई आत्मविश्वास र नेतृत्वक्षमता विकास गर्न मद्दत गर्छ,’जय मिडिया म्यानेजमेन्टका अध्यक्ष राँयले भने, ‘यो प्रतियोगिताले केवल सौन्दर्य मात्र नभएर प्रतिभा, व्यक्तित्व र बौद्धिक क्षमतालाई पनि उजागर गर्छ। हामी चाहन्छौं कि यो प्रतियोगिताबाट निस्कने विजेताहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन सकून्।’
मिस कोशीमा सहभागी हुनेहरूले अनलाइनबाट पनि आवेदन दिन सक्नेछन्। प्रतियोगितामा १५ देखि २८ वर्ष उमेर समूहका अविवाहित किशोरीहरूले भाग लिन पाउने छन्।

अडिशन विराटनगरसहित पूर्वी सहरहरूमा हुनेछ। डिशनबाट छनौट भएका प्रतियोगीहरूलाई बन्द प्रशिक्षण हुने जय मिडिया म्यानेजमेन्टकी सिइओ नीशा खतिवडाले जानकारी दिइन्।

सिइओ खतिवडाले भनिन्, ‘छनौट भएका प्रतियोगीहरूलाई व्यापक प्रशिक्षण दिइनेछ। यसमा व्यक्तित्व विकास, सञ्चार कौशल, र्याम्प वाक, सामाजिक शिष्टाचार, र प्रस्तुतिकरण कलाको प्रशिक्षण समावेश छ।’ उनले भनिन्, ‘प्रशिक्षणका क्रममा प्रतियोगीहरूलाई सामाजिक सरोकार र नेतृत्व विकासका विषयमा पनि जानकारी दिइनेछ। यसले उनीहरूलाई समग्र व्यक्तित्वको विकास गर्न मद्दत गर्नेछ।’
प्रतियोगिताको फाइनल असोजमा हुने आयोजकले जनाएको छ।

फाइनल प्रतियोगितामा विभिन्न खण्डहरू राखिने र विजेताहरूलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ।
मिस कोशीको विजेताले राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगितामा प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्। साथै उनलाई मोडलिङ र मनोरञ्जन क्षेत्रमा करियर बनाउने अवसर पनि उपलब्ध हुनेछ। इच्छुक प्रतियोगीहरूले जय मिडिया म्यानेजमेन्टको कार्यालयमा सम्पर्क गरेर थप जानकारी लिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर