AArya
RUMPUM
animated ellipse animated ellipse

सरस्वती स्कूललाई प्रथम विराटनगर अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिताको उपाधि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ फाल्गुन २०७९, बिहीबार १८:४३
252
Shares
पुष्पराज थपलिया
विराटनगर / सरस्वती स्कुलले प्रथम विराटनगर अन्तर स्कूल हव लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा आज सम्पन्न भएको फाइनल खेलमा सरस्वतीले सत्यनारायण स्कूललाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

१ सय २१ रनको लक्ष्य पछ्याएको सरस्वतीले २७ ओभरमा ७ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । उसकालागि रामनारायण यादवले अविजित ४० रन जोड्दा आयूस सेन्चुरीले २६ रन, दिपेन्द्र राजवंशीले १९ रन र अविशेक साहले १० रन जोडे । सत्यनारायणका आकाश यादवले ३ विकेट लिँदा अमर यादव, कृष्ण यादव र राहुल सरबरियाले १–१ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित ३० ओभरको खेलमा २९ ओभरमा सवै विकेट गुमाई १ सय २० रनको स्कोर खडा गरेको थियो । उसकालागि सोनु सिंहलेले ४२ रन बनाउँदा आकाश यादवले अविजित २४ रन, आनन्द सोनीले १६ रन र विकाश कामतले ११ रनको योगदान दिए । सरस्वतीका शिवनारायण यादवले ३ विकेट लिँदा रामनारायण यादव, रोहन मण्डल र सुमन यादवले समान २–२ विकेट लिए ।

फाइनल खेलको म्यान अफ फाइनल सरस्वतीका अलराण्डर खेलाडि रामनारायण यादव घोषित भए । यादव प्रतियोगिताको उत्कृष्ट खेलाडि समेत भए । उत्कृष्ट ब्याटर बुढानिलकण्ठ स्कूलका अर्नभ भट्टराई, उत्कृष्ट बलर सरस्वतीका रोहन मण्डल, उत्कृष्ट विकेट किपर सत्यनारायणका दिपक यादव तथा उदयमान खेलाडि सत्यनारायणका आकाश यादव भए ।

फागुन ११ गतेदेखि भएको लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरका निजि तथा सामुदायिक स्कूलगरि ८ वटा स्कूल सहभागि रहेको नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए ।

विजयी तथा अन्य खेलाडिलाई प्रमुख अतिथि कोशी प्रदेशका साँसद पूर्व आन्तरिक तथा कानुन मन्त्री केदार कार्की, नेपालका पूर्व अन्तर्राष्टिय खेलाडि पारस लुनिया, क्यानका केन्द्रीय सल्लाहकार नरेश श्रेष्ठ, पूर्व राष्ट्रिय खेलाडि महमद साद वाबु र नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठलगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर