समचार लेखेको भरमा क्लासिकटेकले समाचार पोर्टल ब्लक गरेको आरोप, तत्काल क्षमायाचना गर्न महासङ्घको आग्रह

खबर पूर्वाञ्चल, १२ भाद्र २०७८, शनिबार २०:४६

विराटनगर /आफ्नाविरुद्ध समाचार प्रकाशित भएपछि इन्टरनेट प्रदायक निजी कम्पनी क्लासिकटेकमाथि विराटनगरबाट सञ्चालित आवर विराटनगर डटनेटको वेभासाइट ब्लक गरेको आरोप लागेको छ ।

शुक्रबार सेवाग्राहीले विराटनगरस्थित शाखा कार्यालयमा तालाबन्दी गरेको समाचार प्रकाशित भएपछि क्लासिटेकले आफ्नो इन्टरनेटभित्र समाचार पोर्टल ब्लक गरेको आरोप लागेको हो ।

समाचार पोर्टल ब्लक गरेको घटनाप्रति नेपाल पत्रकार महासङ्घ मोरङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासङ्घ मोरङले तत्काल क्षमा याचनासहित प्रतिबन्ध हटाउन माग गरेको छ । ब्लक नखोले जस्तोसुकै कदम चाल्ने महासङघले चेतावनी दिएको छ ।

विराटनगर ट्राफिक चौकस्थित शाखा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेकोको समाचार शुक्रबार प्रकाशित भएपछि क्लासिटेकले समाचार पोर्टल नै ब्लक गरेको आवर विराटनगर डटनेटका कार्यकारी निर्देशक सरोज कार्कीले जानकारी दिए । क्लासिटेकको इन्टरनेटमा भिपिएन प्रयोग गरेपछि मात्रै वेभसाइट खुल्ने गरेको उनले बताए ।

दुई सातायता विराटनगरमा क्लासिटेकको इन्टरनेट स्लो छ । पटक–पटक गुनासो गर्दापनि सुधार नभएपछि तालाबन्दी गरेको सेवाग्रााही अमित गुप्ताले बताए । नेपाल पत्रकार महासङ्घ प्रदेश १ अध्यक्ष लिलाबल्लभ घिमिरेले समाचार लेखेकै कारण समाचार पोर्टल ब्लक गर्नु गलत भएको बताए । उनले तत्काल प्रतिबन्ध खोल्न आग्रह गरे ।

क्लासिक टेकको नेशनल म्यानेजर भुपालसिंह कार्की समाचार पोर्टल ब्लक नगरिएको दाबी गर्छन् । क्लासिटेकको डिएनएस सर्भरमा समस्या आएका कारण केही वेभसाइट नखुलेको बताउँदै समस्या समाधान गर्ने प्रयास भइरहेको बताए । ‘अन्य केही वेभसाइट नखुलेको गुनासो आएको छ,’ उनले भने, ‘डिएनएस सर्भरमा समस्या देखिएको छ । मेन्टेनेन्स भइरहेको छ ।’

उनले तालाबन्दी गर्ने सेवाग्राहीको समस्या पनि शुक्रबार नै समाधान गरिएको बताए । सन् २०१९ मा इन्टरनेट जोडेका गुप्ताले दुई वर्षपछि मात्रै इन्टरनेट प्रयोग गरेको बताए । तर गुप्ता भने दुई वर्षयता निरन्तर क्लासिटेकको शुल्क तिरेर प्रयोग गरिरहेको बताए । ‘उहाँको राउटरमा समस्या आएको रहेछ, हामीले हिजै समस्या समधान ग¥यौँ,’ कार्कीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५