पूर्वाञ्चल खबर
इस्कोन नेपालले जारी गरेको आधिकारिक प्रेस विज्ञप्ति अनुसार मोरङ, सुनसरी, झापा, सिरहा, नवलपरासी (पश्चिम) लगायतका जिल्लाहरूमा यस्ता गतिविधि संचालन भइरहेको थियो, जसलाई गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, उद्योग विभाग त्रिपुरेश्वर, र विराटनगर उच्च अदालतको आदेशअनुसार निषेधित गरिएको छ।
यसैबीच, इस्कोनले संस्थाका पूर्व पदाधिकारीहरू वसन्त पराख गुरुङ (भक्तिसिद्धान्त दास) र विनिस यादव (विपिन विहारी दास) लाई इस्कोनको नाम दुरुपयोग गरी जनमानसमा भ्रम सिर्जना गरेको आरोप लगाएको छ। साथै, शैलेन्द्र यादव (सिद्धस्वरूप दास), मनिष राई (मनः शिक्षा दास) र खगेन्द्रबहादुर बस्नेत (खगराज अच्युत दास) विरुद्ध आपराधिक विश्वासघात तथा ठगीसम्बन्धी मुद्दाहरू विभिन्न न्यायिक निकायमा विचाराधीन रहेको इस्कोनले जनाएको छ।
इस्कोन नेपालले यी व्यक्तिहरूलाई संस्थाबाट निष्कासित गरिएको जानकारी गराउँदै आम भक्तजन तथा शुभचिन्तकलाई इस्कोनसँग सम्बन्धित कुनै पनि दान(दातव्य तथा सहयोगका लागि बुढानीलकण्ठ नगरपालिका–५ स्थित इस्कोनको केन्द्रीय कार्यालयमा वा नेपालभरका आधिकारिक इस्कोन मन्दिर, शाखा तथा इकाइहरूसँग मात्र सम्पर्क गर्न आग्रह गरेको छ।
इस्कोन नेपालले यसप्रकारका गैरकानूनी गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै भविष्यमा कुनै पनि भ्रममा नपर्न भक्तजनलाई सतर्क रहन अनुरोध गरेको छ।