बुद्धोदय साकोसमा निःशुल्क आँखा तथा कान जाँच

खबर पूर्वाञ्चल, १९ चैत्र २०७९, आईतवार १०:२९
81
Shares

विराटनगर / विराटनगर ३ बुद्धोदय साकोसमा निःशुल्क आँखा तथा कान जाँच शिविर आयोजना गरिएको छ ।

बुद्धोदय साकोस र सरल साकोसको संयुक्त आयोजनामा ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर निःशुल्क आँखा तथा कान जाँच शिविर आयोजना गरिएको हो ।

विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शविरमा ५ सय जनाले स्वास्थ्य जाँच गरेको बुद्धोदय बचत तथा सहकारी संस्था लिको लेखा संयोजक अभिनास कुमार निधीले जानकारी दिए । आँखा परीक्षण गरिएको मध्ये ७३ जनामा मोतिया बिन्दु भेटियोको छ । उनीहरुको विराटनगर आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गरिने छ । डा. मनिष खवासहित आठ जनाको स्वास्थ्यकर्मीहरुको टोली रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

semi
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५