AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा नेपाल कै ठुलो अनलाइन फार्मेसी नेपमेड्स सञ्चालनमा आउदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ कार्तिक २०७७, सोमबार १६:५७
666
Shares
विराटनगर /विराटनगरमा नेपाल कै ठुलो अनलाइन औषधि बेच्ने नेपमेड्स सञ्चालनमा आउने भएको छ । काठमाण्डौं र चितवन पछि प्रदेश १ को राजधानी विराटनगरमा नेपमेड्स सञ्चालनमा आउने भएको हो ।

विराट मेड्स र आरा ग्रुपको साझेदारीमा विराटनगर ९ स्थित ग्रीनक्रस असपतालसंगै शो रुमसहित सञ्चालनमा ल्याइएको सञ्चालक सौरभ अधिकारीले बताए ।

नेपमेड्सले कार्तिक ५ गतेदेखि आफ्नो अनलाइन तथा आउलेट सञ्चालन गर्ने तयारी गरेको छ ।

नेपमेड्सले डाक्टरद्वारा दिइएको औषधीको प्रेस्किप्सनलाई फोटो खिचेर नेपमेड्सको मोबाइल एप्समार्फत पठाएपछि घरमा नै औषधी पुर्याउने समेतको सुविधासहित सञ्चालन हुन लागेको नेपमेड्स विराटनगरका अध्यक्ष विविक दाहालले जानकारी दिए । साथै सामाजिक संजाल फेसबुक, इन्स्टाग्राम , टुइटर जस्ता सामाजिक सञ्जालको प्रयोगबाट पनि नेपमेड्सको आधिकारीक पेजमा गर्इ सजिलै औषधी तथा औषधी सामाम्रीहरु अर्डर गर्न सकिने दाहालले जानकरी दिए ।

१० हजार भन्दा बढि औषधि तथा औषधि जन्य सामाग्रीहरु साथै ४ सय बढी औषधि उत्पादक लिएर नेपमेड्स नेपाली बजारमा आएको हो ।

नेपमेड्स नेपालमा सबैभन्दा ठुलो अनलाइन फार्मेसीका रुपमा स्थापित भएको र हालसम्म करीब ४५ हजार भन्दा बढि एप प्रयोगकर्ता तथा २० हजार भन्दा बढी ग्राहकलाई अनवरत रुपमा सेवा प्रदान गर्दै आइरहेको छ । आफ्नो मोबाइलको प्ले स्टोरबाट सजिलै नेपमेड्स डाउन्लोड गरेर प्रयोग गर्न सकिन्छ । औषधिको बारेमा सम्पूर्ण जानकारी एप वा वेबसाईट  www.nepmeds.com.np  बाट लिन सकिन्छ ।

अझ नियमित रुपमा औषधि सेबन गर्नुपर्ने जस्तै प्रेसर, थाइरइड, सुगर, कोलस्ट्रोल जस्ता विरामिको लागि त नेपमेड्स बरदान स्वरुप बन्दै आएको छ ।

नेपमेड्सले आफ्ना उपभोक्तालाई औषधि खरिद गर्दा अर्डरमा १० प्रतिशतको छुट प्रदान गर्दै आएको छ । नेपमेड्सले न्युनतम ५ सयको औषधि खरिदमा फ्री होम डिलेभरीको प्रबन्ध गरेको छ । नियमित सेवन गर्ने औषधीको रेकर्ड नेपमेड्स आफैले राख्ने हुँनाले औषधी सकिनु अगावै जानकारी दिने र पुर्‍याउँने काम गरिरहेको छ ।

यसैगरी, नेपमेड्सले हाल आइएमइपेबाट भुक्तानी गर्दा ग्राहकलाई ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर