AArya
RUMPUM
animated ellipse animated ellipse

विभिन्न कार्यक्रम गर्दै सौन्दर्यकर्मी युनियनले वृद्धाश्रममा मनायो १५औं स्थापना दिवस

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ चैत्र २०७९, बुधबार १८:५२
126
Shares
विराटनगर / राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल(नाबुन)ले विराटेश्वर वृद्धाश्रममा आँखा जाँच शिविर लगाएत विभिन्न कार्यक्रमहरु गरेका छन् ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन)को महानगर समितिले १५ औं स्थापना दिवसको अवसर पारेर विराटेश्वर वृद्धाश्रममा आँखा जाँच शिविर गर्नुका साथै, ६० वर्षदेखि १०४ वर्ष उमेरका वृद्ध बुवाआमाहरुलाई सरसफाई, श्रृंगार तथा स्वास्थ्यकर भोजन ख्वाई स्थापना दिवश मनाएको हो ।

युनियनको पहलमा विराटनगर १४ रानी स्थित हाजि आँखा अस्पताल प्रालिको प्राविधिक सहयोगमा आँखा जाँच शिविर सम्पन्न भएको युनियनकी अध्यक्ष भली सुब्बाले बताईन् । शिविरमा ४१ जना वृद्ध बुवा आमाहरुको आँखा जाँच गरिएको थियो जस मध्ये १४ जनालाई अस्पतालले आवश्यकता अनुसारको निशुल्क औषधि वितरण समेत गरेको थियो भने अन्य आँखामा समस्या देखिएका ११ जनाको उपचार तथा सल्यक्रियामा अस्पतालले ५० प्रतिशत छुट दिने घोषणा अस्पताल प्रसाशन प्रमुख अन्जनी पोखरेलले गरिन् ।

त्यसै गरी सौन्दर्यकर्मी युनियनमा आबद्ध व्युटिसियनहरुले वृद्ध बुवामाहरुको नङ र कपाल काटेर अपनत्वको महसुस गराउँदै ब्युटी पार्लरमा दिने सेवाहरु प्रदान गरेकी थिईन्।

स्थापना दिवसको अवसरमा गरिएको कार्यक्रम नाबुन महानगर उपाध्यक्ष सरिता राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर