AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सडीरहेको छ सरकारी गाडी , सरकार बेखबर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ बैशाख २०७९, बिहीबार १५:१९
189
Shares
अनुज सापकोटा
परीश्रमले आर्जन गरेको सामानको मोहमाया बढ्ता नै हुन्छ । तर उपभोगका लागि कतैबाट प्राप्त भएको सामानको भने त्यति सारो माया दया नहुने रहेछ । यस्तै हाल सरकारी सामानको छ । सरकारी सामान भनेपछि माया दया नराखीकनै प्रयोग गर्ने प्रवृत्ति हावी छ ।

सरकारी कार्यालयका परिसरहरूमा सरकारी नम्बर प्लेटका गाडी र मोटरसाइकल त्यसै फ्याँकिएर सडेको देख्न सकिन्छ । ममर्त सम्हारको अभाव र पार्ट पुर्जा चोरीका कारण कैयौं महङ्गा सरकारी गाडी र मोटरसाइकलहरू सड्न बाध्य छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढ्ने बा १ झ २५७५ नम्बरको सरकारी गाडी बालसन्त मोहनशरण देवाचार्यलाई जिम्मा लगाइएको थियो । बालसन्तले जगतगुरूको उपाधी पाएपछि सरकारले सम्मान स्वरूप अङ्गरक्षक प्रहरीसहित सो सरकारी गाडी सुविधामा उपलब्ध गराएको थियो । बालसन्तले सरकारी गाडीमा दिनदुनियाँको सयर गरे । सरकारी गाडी कुद्नुसम्म कुद्यो । हदभन्दा ज्यादा उपभोग भएपछि सुविधामा पाएको गाडी विग्रीयो ।

गाडी ३ वर्षदेखि बारहक्षेत्रको चतरा स्थित राधाकृष्ण भक्ति साधना आध्यात्मीक प्रतिष्ठान परिसरमा सडेको सडेकै छ । पार्टपुर्जा पनि यताउता भएको हुन सक्ने आशंका छ । बालसन्तलाई दिइएको सरकारी गाडीको अवस्था के छ र कस्तो हालमा छ भन्ने बारेमा सरकार बेखबर छ । प्रतिष्ठान परिसरमा बस्दै आएकी देवमाया दाहालले ३ वर्षदेखि परिसरमा सरकारी गाडी सडीरहेको बताइन् । वर्षौदेखि खुल्ला आकाशमुनि गाडी सडीरहेको अवस्थामा रहेको दाहालले बताइन् ।

प्रतिष्ठानकी कर्मचारी मुना घिमिरेले परिसरमा सडीरहेको गाडी प्रचण्डले चढ्ने गरेको खुलासा गरीन् । उनले सरकारले प्रचण्डबाट सो गाडी फिर्ता गराएर बालसन्तलाई दिएको बताइन् । सुविधाका लागि दिएको सरकारी गाडी बारम्बार विग्रिने गरेपछि बालसन्तले चढ्न छाडेको घिमिरेले बताइन् । बनाउन नसकेपछि परिसरमा राखिएको घिमिरेको कथन थियो ।

खुल्लामा त्यसै छाडिएको गाडी कवाड बन्दै गएको छ । न त बालसन्तले त्यो गाडी सरकारलाई जिम्मा दिएका छन् न त सरकारले सोधीखोजी नै गरेको छ । यस्तै विराटनगर स्थित प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयमा बा १ झ ६९६२ नम्बरको गाडी सड्दै गएकोमा मन्त्रीदेखि कर्मचारीसम्म कसैको आपत्ती छैन ।

गाडीभित्रको पार्टपुर्जा गायब भइसकेको र टीनको फर्मामात्रै मन्त्रालय परिसरमा ठडिएको सुत्रको दावी छ । न्यू सृष्टि दैनिकले मन्त्रालयमा अनाथ भएर उभिएको गाडीकोबारेमा जिज्ञासा माग्दा मन्त्रालयको जिन्सी लगतमा समावेश नभएको जानकारी गराइयो । मन्त्रालयका सूचना अधिकारी विजयकुमार मगरले गाडी शिक्षा निर्देशनालयको रहेको र वर्षौदिनदेखि मन्त्रालय परिसरमा नै रहेको बताए । उनले जिन्सी लगतमा नपरेको गाडीको मन्त्रालय जिम्मेवार नहुने बताए । सरकारी नम्बर प्लेटको यो गाडीले सरकार खोजीरहेको भएपनि हालसम्म भेटेको छैन ।

सरकारी गाडीहरूमा मर्मतको नाममा कमसल पार्टपुर्जा जडान गरेर मोटो रकमको बील बनाएर कमिशन खाने रोग पुरानै रहेको सुत्रको दावी छ । सरकारी माल भनेर जथाभावीको कुदाइ र रेखदेखको अभावमा अर्बौ मूल्यका गाडीहरू सडेर गइरहेको छ । सान्दार गाडीलाई निकम्मा बनायो अनि नयाँ गाडी माग गर्ने प्रवृत्ति मन्त्रीदेखि सरकारी कर्मचारीमा मौलाउँदै गएको छ । कुद्न नसक्ने सयौं गाडीलाई सडाएर राख्नुको साटो लिलाम गरी सरकारले राजश्व संकलन गर्नेतर्फ पहल गर्न जरूरी छ । यू सृष्टि दैनिकबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर