पूर्वाञ्चल खबर
विराटनगरमा आज भएको सहकारीको आठौं वार्षिक साधारण सभाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो ।
सहकारीको उपाध्यक्षमा गंगादेवी पोखरेल भट्टराई, सचिव नरेन्द्र राई, सह–सचिव रामकुमार यादव र कोषाध्यक्षमा विष्णुकुमारी तामाङ रहेका छन् । समितिको अन्य सदस्यहरूमा पुष्प कटुवाल, नरमाया कटुवाल, तेजप्रसाद दाहाल र बिमला नेपाली तिवारी छन् । लेखा समितिको संयोजकमा काशीबहादुर राउत, सदस्यहरुमा नन्दकिशोर मेहता र मायादेवी अछामी छन् ।
निर्वाचन समितिको संयोकजमा कला त्रिताल र सदस्यहरुमा केदार कार्की, शान्तिराम खनाल रहेका थिए । चयन भएका पदाधिकारीहरू सर्वसम्मत रुपमा चयन भएका हुन् ।
२ सय १० जना सेयर सदस्य रहेको उक्त सहकारीको पूजी ८० लाख ३३ हजार ९ सय १५ रुपैयाँ रहेको छ । आम्दानी १० लाख १ हजार ८ सय ९० रुपैयाँ र कूल बचत ३७ लाख ४८ हजार ५ सय ५९ रुपैयाँ रहेको सहकारीले जनाएको छ ।