RUMPUM
animated ellipse animated ellipse

कोभिड–१९ जनसुरक्षा कोषको रकम पारदर्शीढंगले खर्च भएको मुख्यमन्त्री राईको भनाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ असार २०७७, शुक्रबार २१:०४
3
Shares
विराटनगर / कोभिड–१९ जनसुरक्षा कोषको रकम पारदर्शीढंगले खर्च भएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।

आज विराटनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरले आयोजना गरेको प्रदेश सरकारवाट कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार सम्वन्धी हालसम्म भएको कार्यहरुको सार्वजनिकीकरण तथा पत्रकार सम्मेलनमा उनले कोषको रकम खवरदारी ,निगरानी र जवाफदेहीताका साथ कोभिड रोकथाम ,नियन्त्रणमा र उपचारमा खर्च भएको जानकारी दिएका हुन् ।

मुख्यमन्त्री राईले कोषको रकम खर्चका सम्वन्धमा आगामी हप्तादेखि प्रत्येक हप्ता एक पटक सार्वजनीकीरण गर्ने जानकारी समेत दिए । प्रदेशका जनतालाई एकद्वार प्रणाी मार्फत स्थानीय तहवाट ९ करोड ५० लाख राहत बितरणको वजेट निकासा गरेको उनले बताए ।

प्रदेशमा कोभिड–१९ का सम्वन्धमा आत्तिनु पर्ने अवस्था नभएको बताउदै मुख्यमन्त्री राईले यसको रोकथाम तथा नियन्त्रणका सरकारले व्यवस्थित रुपमा काम गरिरहेको जानकारी दिए । उनले अहिलेसम्मको अवस्थामा आत्तिनु पर्ने वा विचलित हुनुपर्ने अवस्था नभएको चर्चा गर्दै प्रदेश सरकारले व्यवस्थित ढंगले कार्य अघि बढाइरहेको प्रष्ट पारे । मुख्यमन्त्री राईले सीमाहरुमा सुरक्षा फौजलाई बन्दाबन्दी लगत्तैदेखि केन्द्रित गरिएकोकारण समुदायमा कोभिड –१९ सङक्रमण हुनबाट अहिले रोक्न सकिएको बताए ।

कोरोना कोषमा ३३ करोड ५४ लाख
प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सञ्चालन गरेको जनसुरक्षा कोषमा रु ३३ करोड ५४ लाख रुपैयाँ जम्मा भएको छ ।
कोषमा जम्मा भएको रकम मध्ये रु २५ करोड प्रदेश सरकारबाट र अन्य विभिन्न क्षेत्रबाट सङ्कलन भएको प्रदेश सरकारले जनाएको छ।

कोषमा जम्मा भएको रकममध्ये रु २७ करोड ३३ लाख ८९ हजार खर्च भएको प्रदेशका प्रमुख सचिव दिनेश भट्टराईले जानकारी दिए ।

२५ हजारको नमूना संकलन
प्रदेशमा २५ हजार बढीको थ्रोट स्वाव सङ्कलन गरिएको छ । प्रदेशमा विहिबारसम्म २५ हजार ३४० जनाको स्वाव सङ्कलन गरिएको मध्ये ६१६ को कोरोना भाइरस रिपोर्ट पोजेटिभ र २३ हजार ९७० को नेगेटिभ रिपोर्ट आएको छ ।
स्वाव सङ्कलन गरिएका मध्ये ७५५ को रिपोर्ट आउन बाँकी रहेको पत्रकार सम्मेलनमा बताईयो । प्रदेशमा पीसीआर परीक्षणका लागि छ सय क्षमताका तीनवटा ल्याव सञ्चालनमा रहेका छन् ।
होल्डिङ एरियामा ५११ जना

भारतलगायतका विभिन्न देशहरुबाट आउने व्यक्तिहरुलाई राख्नका लागि प्रदेश सरकारले २४ स्थानमा होल्डिङ एरिया निर्माण गरेको छ ।

यसरी निर्माण गरिएकामध्ये झापामा १९, सुनसरी र इलाममा दुई÷दुई र मोरङमा एक रहेका छन । उक्त होल्डिङ एरियामा दुई हजार ९७२ वेड तयार रहेकामा अहिले सम्म १ सय ६० महिला सहित ५११ रहेका छन् ।

प्रदेशमा निर्माण गरिएको क्वारेन्टिनमा दुई हजार ३४९ र होम क्वारेन्टिनमा तीन हजार १७२ जना रहेका छन् ।

सङ्क्रमित उपचार चार स्थानबाट
प्रदेश सरकारले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल (कोभिड– १९) उपचार केन्द्र विराटनगर, पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आईसोलेसन अस्पताल गोठगाउँ मोरङ र कोभिड –१९ आईसोलेसन केन्द्र चौदण्डीगढी उदयपुरबाट गर्ने गरेको आज यहाँ सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ

सङक्रमितको उपचारका लागि ३५३ वेड क्षमता रहेको छ भने अहिले २१५ जना उपचार गराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर