पूर्वाञ्चल खबर
मोरङको मधुमल्लामा सम्पन्न प्रतिष्ठानको १९ औं वार्षिक साधारणसभाले दमक निवासी श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा गौरादहका कर्ण श्रेष्ठ, सचिवमा उर्लाबारीका भीम श्रेष्ठ, कोषाध्यक्षमा गौरादहका शम्भु श्रेष्ठ र सहसचिवमा दमकका नवीन श्रेष्ठ चयन भएका छन् ।
यसैगरी कार्यसमिति सदस्यहरूमा शेरबहादुर श्रेष्ठ (सैँठा), कुमार श्रेष्ठ (डाँगीहाट), अनिल श्रेष्ठ (कानेपोखरी), जयन्ती श्रेष्ठ (खोर्सानीबारी), तीर्थ श्रेष्ठ (मधुमल्ला(, ओमकुमार श्रेष्ठ (सिक्किम), गीता श्रेष्ठ (गोविन्दपुर), राजु श्रेष्ठ (दमक) र अञ्जु श्रेष्ठ (विर्तामोड) रहेका छन् ।
साधारणसभाको अवसरमा नवीनकुमार श्रेष्ठले आफ्नी स्वर्गीया आमा निर्मला श्रेष्ठको स्मृतिमा प्रतिष्ठानको भवन निर्माणका लागि १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । उनलाई प्रतिष्ठानले खादा र माला लगाएर सम्मान गरेको थियो । सोही अवसरमा जग्गादाता र वंशका ज्येष्ठ सदस्यहरूलाई पनि सम्मान गरिएको थियो ।
झापा, मोरङ, सुनसरी, ताप्लेजुङ र भारतको सिक्किमसम्मका श्रेष्ठ समुदाय आबद्ध रहेको यस प्रतिष्ठानको मधुमल्लामा आफ्नै डेढ कठ्ठा जग्गा रहेको छ । सोही स्थानमा निकट भविष्यमा भवन निर्माण गर्ने लक्ष्यका साथ प्रतिष्ठान अघि बढेको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिए ।