खबर पूर्वाञ्चल
जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका ५ का ३४ बर्षीय दिलबन्धुप्रसाद मोदीलाई १ सयको डाईलक्स डिसी १५ बोतल, नाईट्भेट ट्याब्लेट ३० चक्की र स्पास्मोप्रोक्सिवन २४ चक्कीसहित मोरण् प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका मोदीको सम्बन्धमा थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।