खबर पूर्वाञ्चल
अध्यक्ष चीना थापाको अध्यक्षतामा मोरङको कानेपोखरीमा बसेको कार्यसमिति बैठकले पुरस्कार छनोट समितिको सिफारिसका आधारमा नेपाललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
प्रेस चौतारीका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य कमल रिमाल संयोजकत्वमा निवर्तमान अध्यक्ष सुदिप कोईराला, पुरस्कार संरक्षक परिवारको तर्फबाट सिता सिग्देल र अध्यक्ष चीना थापा सदस्य रहेको छनोट समिति गठन गरिएको थियो ।
प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा माघ २२ गते विराटनगरमा कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिने अध्यक्ष थापाले जानकारी दिइन् । स्थापना दिवसकै अवसरमा प्रेस चौतारीका अग्रज विद्यावारिधि उपाधि हासिल गर्ने डा. डिल्ली पोख्रेल र डा. धर्मराज ढकालाई पनि सम्मान गर्ने निर्णय भएको उनले बताइन् । यस्तै, नयाँ सदस्यता प्राप्त गर्ने प्रेस चौतारीका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गर्ने निर्णय गरिएको छ ।