AArya
RUMPUM
animated ellipse animated ellipse

कोशीका पूर्वमन्त्री रामकुमार खत्रीले गरे विवाह, भोजमा हुने खर्च वृद्धाश्रमलाई दिने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ बैशाख २०८२, बिहीबार १५:३१
360
Shares
विराटनगर / कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशका सांसद रामकुमार खत्रीले अन्तरजातीय विवाह गरेका छन् । उदयपुरको निर्वाचन क्षेत्र २ (२) बाट निर्वाचित सांसद खत्रीले उदयपुर कटारी–५ की सपना गुरुङसँग विवाह गरेका हुन् ।

काठमाण्डौमा सामान्य ढंगले विवाह गरेका उनले आफूले विवाह भोजमा गर्ने खर्च वृद्धाश्रमलाई दिने बताए । कटारी नगरपालिका ३ मा रहेको कृष्ण प्रणामी मन्दिर तथा वृद्धाश्रमलाई भोज नगरेर बचाएको १ लाख रुपैयाँ हस्तान्तरण गर्ने उनले बताए । उनको बुधबार विवाह भएको हो । खत्रीले कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रीको भूमिका निर्वाह गरिसकेका छन् ।

‘विवाह दुई परिवारको आफन्तमात्रै बोलाएर गरिएको हो,’ खत्रीले भने, ‘धेरै तामझाम गर्दा राम्रो सन्देश नजाने ठानेर नै बिहे भोज नगरी वृद्धाश्रमलाई १ लाख रुपैयाँ हस्तान्तरण गर्ने निर्णय गरेको छु ।’ खत्री काँग्रेसका नेता पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर