animated ellipse animated ellipse

केवल तथा नेटको तार व्यवस्थापनमा महानगर कठोर बन्दै, अटेर गर्ने कम्पनीका तार महानगरले काट्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ पुष २०७९, सोमबार १८:१५
180
Shares
विराटनगर / यही पुस २८ गतेदेखि विराटनगर महानगरले केवल तथा नेटको तार व्यवस्थापन गर्ने भएको छ ।

आज विराटनगरस्थित केवल तथा नेट व्यवसायीका प्रतिनिधिलाई बोलाएर महानगरले तारको व्यवस्थापन गर्ने निर्णय गरेको हो । पहिलो चरणमा हिमालय रोडबाट तारको व्यवस्थापन गरिनेछ । अटेर गर्ने कम्पनीको तार काट्न मेयर नागेश कोइरालाले निर्देशन सम्बन्धित शाखालाई दिए । उनले विराटनगरलाई अब यथास्थितिमा राख्न नसकिने बताउँदै केवल र नेटको तारका कारण महानगरको सौन्दर्यतामा ह्रास आएको बताए ।

मेयर कोइरालाले यसअघिको बैठकले गरेको निर्णय कार्यान्वयनमा बेवास्ता भएपछि पुनः बैठक राखेर समयसीमा नै तोकिएको उल्लेख गरे । गत असोज १३ गते पनि बैठक राखेर केवल तथा नेट व्यवसायीलाई तार व्यवस्थापन गर्न निर्देशन दिइएको थियो । “अव्यवस्थित तारका कारण विराटनगरको सुन्दरतामा कमी आएको छ,” मेयर कोइरालाले भने, “तपाईंहरु आफैंले व्यवस्थित गर्नु भएन भने हामी आफैं काटेर हटाउँछौं ।”

उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको समेत उपस्थितिमा भएको बैठकले चैत मसान्तभित्र विराटनगरका सबै तार व्यवस्थापन गरिसक्ने निर्णयसमेत गरेको छ । केवल तथा नेट व्यवसायीहरु आफैंले तारको व्यवस्थापन गर्नुपर्नेछ ।

व्यवस्थापन नगर्ने कम्पनीका तार महानगरले काटेर हटाउनेछ । तार व्यवस्थापनका लागि सहजीकरण गर्न महानगरले इन्जिनियर अनिल सिंहलाई जिम्मेवारी तोकेको छ । बैठकमा नेपाल टेलिकम, म्याक्स, सुविसु, वल्र्डलिंकलगायत विभिन्न कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर