खबर पूर्वाञ्चल
कार्यशालामा कलेजमा अध्यापनरत ४६ जना प्राध्यापकहरु सहभागी रहेका छन । कार्यशालामा सहभागी प्राध्यापकहरुलाई रिसर्च तथा आर्टिकल राईटिङ सम्बन्धि प्रशिक्षण दिईने हिमालय दर्शन कलेजका क्याम्पस प्रमुख भरत सापकोटाले बताए । प्रशिक्षण लिएका प्राध्यापकहरुले विद्यार्थीहरुलाई रिसर्चकालागि प्रेरित गर्ने उनले विश्वास ब्यक्त गरे ।
कार्यशालाको उद्घाटन सत्रमा कलेजका अध्यक्ष प्रोफेसर डाक्टर पिके झा,निर्देशक भेषराज पोखरेल,स्नातकोत्तर क्याम्पस विराटनगरका पूर्व क्याम्पस प्रमुख डाक्टर मनोज राउतलगायतको सहभागिता थियो ।
सो कलेजले बिएससी सिएसआईटी,विआईएम,विसिए,विएचएम र विविएस सहितको विभिन्न ५ वटा संकायको अध्यापन गराउदै आएको छ । कलेजमा ८ सय विद्यार्थी अध्यनरत छन ।
कार्यशालाको सहजिकरण काठमाण्डौ युनिभर्सिटीका प्राध्यापक प्रोफेसर डाक्टर सुदन झालाई गरेका छन् ।