खबर पूर्वाञ्चल
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय लिने गरी कांग्रेस सरकारमा जान लागेको हो ।
कांग्रेसबाट संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह सरकारमा जाने भएका छन् । यादवले भौतिक पूर्वाधार, शर्माले ऊर्जा र सिंहले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।
माओवादी केन्द्रका तर्फबाट भरत साह र जगत यादव मन्त्री बन्ने लगभग पक्का भएपनि मन्त्रालयको टुंगो लागिसकेको छैन । नयाँ मन्त्रीले अहिले साँझ साढे ७ बजे कांग्रेसका मन्त्रीको शपथ खाने कार्यक्रम तय भएको छ ।
सरकारमा कांग्रेस र माओवादी सहभागी हुने भएपछि मन्त्रालयको संख्या १० बनाइएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ६ वटा मन्त्रालयलाई फुटाएर १० वटा बनाउने निर्णय गरेको थियो ।