RUMPUM
animated ellipse animated ellipse

स्वतन्त्र व्यक्त्तिले राष्ट्रपतिको गरिमालाई थाम्न सक्दैन्न : पूर्वप्रधानमन्त्री खनाल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ माघ २०७९, शनिबार १५:०७
108
Shares
विराटनगर / नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिको उम्मेदवारमा राजनीतिक व्यक्ति हुनु पर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग उनले सो कुरा बताएका हुन् । ‘स्वतन्त्र व्यक्त्तिले राष्ट्रपतिको गरिमालाई थाम्न सक्दैन्न’ उनले भने । नेता खनालले संविधानले परिकल्पना गरेको मापदण्डका आधारित भएर राम्रो राजनीतिक व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाएमा सहमती कायम हुने सक्ने बताए ।

नेता खनालले राष्ट्रपति एउटा महत्वपूर्ण पद भएकाले एउटा राम्रो मान्छेलाई पु¥याउनु पर्ने विचार व्यक्त्त गरे । नेता खनालले राष्ट्रपति पदमा पार्टीले उम्मेदवार दिने सम्वन्धमा धेरै नसोचेको बताउँदै राष्ट्रपति निर्वाचित हुनका लागि ५२ हजार मत चाहिनेमा पार्टीसँग दुई हजार ५ सय मत मात्र रहेको स्पष्ट पारे ।
उनले संविधानको भाग ४ ले परिकल्पना गरेको नेपाल बनाउन ,मुलुकलाई स्थिरता दिन, प्रगतितर्फ अगाडि वढाउनमा आवश्यक सहयोग गर्ने बताए । उनले वर्तमान सरकारमा सहभागी नहुने प्रष्ट समेत पारे ।

नेता खनालले समाजवादका पक्षधरका शक्तिहरुबीच एकतावद्ध भएर मुलुकलाई समाजवादतर्फ लैजान मोर्चा निर्माण गरि जाने सम्बन्धनमा आवश्यक छलफल भैरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर