खबर पूर्वाञ्चल
मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत १ सय ५० जना विद्यार्थीहरूलाई भट्टराईले ब्याग वितरण गरेका हुन् । संविधान दिवसको अवसर पारेर विद्यार्थीहरूलाई आज स्कुल परिसरमा विद्यार्थीहरूलाई पाठ्यक्रम राख्ने ब्याग वितरण गरिएको हो ।
विद्यार्थीहरूलाई समाजसेवी भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्की, विद्यालयका प्रधानाध्यापक चन्द्र मगर, व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बराइलीलगायतले ब्याग वितरण गरेका थिए । कक्षा पाँच सम्म पठनपाठन हुने यो विद्यालयमा कानेपोखरी गाउँपालिका भित्रका आर्थिक विपन्न परिवारका विद्यार्थीहरू अध्ययन गर्दछन् ।
पछिल्लो समय कानेपोखरी गाउँपालिका भित्रमा सरस्वती आधारभूत विद्यालय नमुना विद्यालयको रूपमा विकास हुँदै आएको छ । अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आएको छ ।
तपाईको प्रतिक्रिया