AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अपाङ्गता भएका व्यक्तिलाई राज्यको हरेक निकायमा समान सहभागितकाको माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ श्रावण २०८१, मंगलवार १७:४३
180
Shares
विराटनगर / अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यको हरेक निकाय र राजनीतिक क्षेत्रमा समान सहभागिता गराउनुपर्ने माग राखेका छन् । नेत्रहिन यूवा संघ मोरङले विराटनगरमा आज पत्रकार सम्मेलन गरी यस्तो माग राखेका हुन् ।

उनीहरुले राजनीतिक दलमा अपाङ्गता भएको व्यक्तिको सार्थक एवं प्रभावकारी सहभागिता तथा प्रतिनिधित्व हासिल गरिनुपर्ने बताए । उनीहरुले पहुँचयुक्त निर्वाचन प्रणाली मार्फत मताधिकार उपयोग गर्ने र राज्यका निकायमा अपाङ्गता भएका समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्न संघले माग गरेको छ ।

नेत्रहिन यूवा संघले सरोकारवालाहरु सँग २० बुँदे ध्यानाकर्षण पनि गराएको छ । बिभिन्न किसिमका नीति निर्माण, रणनीति विकास र परियोजना विकासलगायतका काममा अपाङ्गता भएका व्यक्तिहरुलाई समावेश गराउनुपर्ने नेत्रहिन यूवा संघ मोरङका अध्यक्ष दुर्गानाथ योगीले बताए । ‘नागरिक समाज तथा युवा लक्षित संस्थामा अपाङ्गता भएका व्यक्तिको सहभागिताका निम्ति पहुँचयुक्त भौतिक वातावरण तयार गरिनु पर्दछ,’ अध्यक्ष योगीले भने, ‘पहुँचयुक्त सूचना तथा सञ्चार सेवादेखि अपाङ्गता भएका व्यक्तिहरूसँग कसरी आवद्दता कायम गर्ने भन्ने सम्बन्धी ज्ञान र दृष्टिकोण दुबै हुनुपर्दछ ।’

अपाङ्गता भएका व्यक्तिका संस्थासंग सहकार्य एवं साझेदारी गर्ने र अपाङ्गता सम्बन्धि समस्याहरू समाधान गर्न सबै लाग्नुपर्नेमा उनले जोड दिए ।

संघका कार्यक्रम अधिकृत जीवन आचार्यले अपाङ्गता भएका व्यक्तिलाई राज्यले भूमिका दिन नसकेको गुनासो गरे । उनले अपाङ्गता भएका व्यक्तिका साना साना सवालहरुमा पनि राज्यको ध्यान पुग्न नसकेको उनको गुनासो रहेको छ । संविधानमा भएको व्यवस्था अनुशार काम हुनुपर्ने उनले बताए ।

नेत्रहिन यूवा संघ मोरङले अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता तथा प्रतिनिधित्व संकुचित गर्ने गरि रहेका मौजुदा निर्वाचन सम्बन्धी कानुनमा समेत तत्काल संशोधन गर्न माग गरिएको छ ।

निर्वाचन ऐन २०७४ ( दफा १३) (ञ) ले मानसिक सन्तुलन ठिक नभएको भन्ने शब्दावली थप परिभाषित नगरी त्यस्ता व्यक्तिलाई उम्मेदवार हुनबाट बञ्चित गरेकाले संशोधन गर्न माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर