AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

चोरीमा संग्लग्न ३ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० फाल्गुन २०७८, मंगलवार १३:१२
225
Shares
विराटनगर / सुनसरी र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट चोरीमा संग्लग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बराहक्षेत्र ८ सुनसरीका २७ बर्षीय अटल राई, शिवसताक्षी नगरपालिका ९ का २१ बर्षीय रोहित भण्डारी र मेचीनगर नगरपालिका ६ का २७ बर्षीय दिलिप लिम्बु रहेका छन् ।

राईलाई धरानकी टिनु बज्राचार्यको को ३१ प २४४ नम्बरको स्कुटर चोरी गरेको आरोपमा चोरी भएको स्कुटरसहित बराहक्षेत्र ६ बाट पक्राउ गरेको हो । मंसिर ३ गते धरानबाट हराएको उक्त नम्बरको स्कुटर खोजतलास गर्ने क्रममा फाल्गुन ८ गते स्कुटरसहित राई पक्राउ परेका हुन् । यसैगरी माघ १८ गते मोरङको सुन्दरहरैचा नगरपालिका ९ मा सुर्य कट्टेलले संचालन गर्दै आएको किराना पसलमा चोरी गरी फरार रहेका भण्डारी र लिम्बुलाई ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पसलमा बिक्रीको लागी राखिएको रिचार्ड कार्डलगायत अन्य समानसहित १ लाख ५० हजार बराबरको समान चोरी भएको भन्ने सूचना पाए संगै चोरीमा संग्गल्नहरुको खोजतलास गर्ने क्रममा दुबै जना पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट प्रहरीले ४९ हजार ८ सय बराबरको एनसेलको रिचार्ज कार्ड र नगद २५ हजार समेत बरामद गरेको छ । चोरीको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर