AArya
RUMPUM
animated ellipse animated ellipse

माहेश्वरी महिला मञ्चले ऋषिदेव समुदायका ९ महिलालाई सिलाई मेसिन प्रदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ चैत्र २०८०, आईतवार १८:३९
3
Shares
विराटनगर / माहेश्वरी महिला मञ्च विराटनगरले ऋषिदेव समुदायका ९ महिलालाई सिलाइ मेसिन वितरण गरेको छ ।

मञ्चले ती महिलालाई सिलाइ–कटाइको तीन महिने तालिम गराएर सिलाइ मेसिन प्रदान गरेको हो । मञ्चको संयोजनमा एबीसी नेपालले सिलाइ–कटाइको तालिम उपलब्ध गराएको थियो ।
आज आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले उनीहरूलाई मेसिन हस्तान्तरण गरिन् । उपप्रमुख कार्कीले प्रशिक्षार्थीलाई सम्बोधन गर्दै तालिम र साधनले मात्र तालिमको उद्देश्य पूरा नहुने हँदा आफूले सिकेको सिपलाई व्यवहारमा ल्याउनुपर्ने बताइन् ।

कार्कीले महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर नभएसम्म समृद्ध समाजको परिकल्पना गर्न नसकिने चर्चा गर्दै महिलालाई आत्मनिर्भर बनाउन उनीहरूलाई शिक्षा र सिप दिनुपर्ने धारणा प्रकट गरिन् ।

मञ्चका अध्यक्ष पूनम राठीले महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर नभएकै कारणले अधिकारमा पछि परेको बताइन् । अध्यक्ष राठीले महिला आर्थिक रूपमा आत्मनिर्भर भएमा उनले कसैको हेपाइ सहनु नपर्ने र घर तथा समाजमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नसक्ने उल्लेख गरिन् । राठीले भनिन्, ‘त्यसैले महिलाहरू आत्मनिर्भर हुनुपर्छ भन्ने उद्देश्यले हामीले सिलाइ–कटाइको तालिम गराएर सिलाइ मेसिन पनि दिएका हौँ । उक्त अवसरमा मञ्चका तर्फबाट एबीसीलाई पनि २ वटा सिलाइ मेसिन प्रदान गरिएको थियो ।

कार्यक्रममा एबिसी नेपालका अध्यक्ष विष्णु पन्त शर्मा, मारवाडी महिला मञ्च विराटनगरका अध्यक्ष अमिता पेडिवाल, अखिल भारतवर्षीय माहेश्वरी परिषदका कार्यकारी सदस्य बजरङ्ग बाहेती, अखिल भारतवर्षीय माहेश्वरी महिला मञ्चका पूर्वाञ्चल उपाध्यक्ष गिरिजा शारडा, माहेश्वरी समाज विराटनगरका अध्यक्ष घनश्याम काबरा र माहेश्वरी महिला मञ्च विराटनगरका संस्थापक अध्यक्ष गोमती राठीले शुभकामना मन्तव्य प्रकट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर