उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै सकियो छठ

खबर पूर्वाञ्चल, १४ कार्तिक २०७९, सोमबार ०७:३१
180
Shares
सुनसरी मोरङ सिचाइ आयोजनाको नहरमा उदाउँदै गरेको सूर्यलाई अर्घ दिँदै ब्रतालुहरु । तस्वीर : पुष्पराज थपलिया
पुष्पराज थपलिया
विराटनगर /पवित्र छठ पर्वको रुपमा मनाइने यस वर्षको छठ आज उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर सम्पन्न भएको छ ।

शुक्रबार ‘नहाय–खाय’सँगै सुरु भएको चार दिवसीय पर्वको चौथो तथा अन्तिम दिन श्रद्धालु तथा भक्तजनहरुले उदाउँदै गरेकोे सूर्यलाई अर्घ दिएर सम्पन्न भएको हो ।

विराटनगरको सिंघिया खोला, सुनसरी मोरङ सिचाइ आयोजनाको नहरलगायतको पोखरीसहित र जलादलगायतका नदीहरुमा हजारौं श्रद्धालुले उदाउँदो सूर्यलाई अर्घ प्रदान गरेका थिए ।

व्रतालुहरु शुक्रबार पवित्र जलाशयहरुमा स्नान गरी चोखो खानेकुरा खाएका थिए । पर्वको दोश्रो दिन शनिबार व्रतालुहरु दिनभरि उपवास बसी राति गुलीयो पूरी, खीर, नून नहालेको तरकारी खाए । जसलाई स्थानीय भाषामा ‘खर्ना’ भनिन्छ । खर्नापछि निराहार व्रत बसेका व्रतीहरुले आईतबार अस्ताउँदै गरेको सूर्यको पूजा गरेका थिए ।

श्रद्धालुहरुले सूर्यदेवलाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफूल, मिठाइलगायतका प्रसाद अर्पण गरेका छन् ।तस्वीरहरु पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५