खबर पूर्वाञ्चल
इलामको सूर्योदय नगरपालिका – ५ समालबुंगमा रहेको अन्तु डाँडा एग्रो फन्समा आयोजना गरिएको अन्तुको पर्यटन प्रवद्र्धनका लागि अन्तक्रिया कार्यक्रममा सहभागि भएका पर्यटन व्यवसायीहरुले यस्तो बताएका हुन् ।
सूर्योदय नगरपालिका ४ र ५ का पर्यटन व्यवसायीहरु सहभागि भएको कार्यक्रममा उनीहरुले एग्रो टुरिजमको प्रवर्द्धन गरेर अगाडी बढनुपर्नेमा जोड दिए ।
कार्यक्रमको प्रमुख अतिथि रहेका नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका अध्यक्ष पुण्यप्रसाद भट्टराईले समृद्धीका लागि कृषि र पर्यटनलाई जोडेर एग्रो टुरिजमको विकास गरिनुपर्ने बताए । इलामको श्रीअन्तु क्षेत्र प्रदेशकै उत्कृष्ट पर्यटन गन्तब्यको रुपमा विकास भइरहेको र धेरै सम्भावना बोकेको क्षेत्र भएकाले एकीकृत रुपमा पर्यटकीय क्षेत्रको रुपमा विकासमा राज्यले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा एग्रो टुरिजम मार्फत अहिलेका युवाहरुले व्यवसाय गर्न चाहिरहेको पर्यटन व्यवसायीहरुले बताए । एग्रो टुरिजमको विकास भए अन्तु आउने पर्यटकलाई थप केही दिन राख्न सकिने उनीहरुले बताए । अन्तु डाँडा एग्रो फन्स प्रबन्धक निर्देशक विजय सुवेदीले कृषिमा रुपान्तरण गर्दै पर्यटनको विकासको लागि एग्रो टुरिजमा जोड दिनुपर्ने बताए । कृषिलाई आधार बनाएर पर्यटक भित्र्याउने रणनीति अनुरूप कृषिमा आधारित ‘एग्रो टुरिजम’ व्यवसाय गर्न ९० रोपनीमा अन्तु डाँडा एग्रो फन्स संचालनमा ल्याएको उनले बताए । व्यावसायिक कृषि उत्पादन र तिनै उपजबाट पर्यटन प्रवद्र्धन गर्ने उनको योजना रहेको छ ।
कार्यक्रममा अन्तु पर्यटन व्यवसायी संघका अध्यक्षका रुद्रप्रसाद घिमिरले यहाँको एग्रो टुरिजमको विकास गरेर आन्तरकि र बाहय पर्यटक भित्राउनुपर्ने बताए । श्रीअन्तुमाा एग्रो टुरिजमको विकास गर्नसके यहाँको पर्यटन क्षेत्र थप चलायमन हुने भएकोले हातेमालो गरेर अगाडी बढनुपर्ने उनले बताए ।
कार्यक्रममा सूर्योदय नगरपालिका ४ र ५ का दुई दर्जन बढी पर्यटन व्यवसायीहरुको उपस्थती रहेको थियो । कार्यक्रममा सहभागि भएका प्रमुख अतिथि, अतिथि र व्यवसायीहरुले ९० बिगा क्षेत्रफलमा फैलिएको अन्तु डाँडा एग्रो फन्सको पनि अवलोकन र निरीक्षण गरेका थिए । अहिले अन्तु डाँडा एग्रोमा चिया, विभिन्न प्रजातिका तरकारि, फलफुल, माछा, लोकल कुखुरा, विश्वको सबैभन्दा ठूलो गौतमबुद्धको मूर्ती रहेको छ । यहाँका एक लाख रुपैयाँ प्रतिकेजी पर्ने ग्रिन टि पनि लगाएको छ । ग्रिन टि विदेश निर्यात गर्ने योजना बनाएको संचालक सुवेदीले बताए ।
तपाईको प्रतिक्रिया