पूर्वाञ्चल खबर
प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिएका मध्ये सवैभन्दा बढी मोरङमा १३ जनामा संक्रमण देखिएको छ । त्यस्तै सुनसरीमा ७, धनकुटामा २, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ५, उर्लाबारी, पथरीशनिश्चरे र लेटाङमा २–२, रतुवामाई र बेलबारीमा १–१, सुनसरीको इटहरीमा ६ र कोशी गाउँपालिकामा १, धनकुटामा २, पाँचथरको फिदिम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म संक्रमितको संख्या २९ हजार ८ सय ६९ पुगेको छ ।
होमआईसोलेसनबाट १ सय ३०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेची अस्पताल र विराट अस्पतालबाट १–१ जना निको भएका हुन् । हालसम्म निको हुनेको संख्या २८ हजार ६ सय ५८ पुगेको छ ।