RUMPUM
animated ellipse animated ellipse

धँखल वंशावलीद्धारा ज्येष्ठ सदस्यलाई सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ बैशाख २०८०, सोमबार १९:२३
450
Shares
विराटनगर / धँखल वंशावली सेवा समितिले परिवारका दुई जना ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ । धंखल वंशावली सेवा समितिको १६ औं वार्षिक भेलामा एक कार्यक्रम आयोजना गरी चन्द्रा श्रेष्ठ र हरीनरसिंह श्रेष्ठ धँखललाई सम्मान गरेको हो ।

सम्मानित भएका ज्येष्ठ सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि धँखल वंशावली सेवा समितिका संस्थापक अध्यक्ष हरिराज श्रेष्ठ र निवर्तमान अध्यक्ष डम्बरबहादुर श्रेष्ठले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

धँखल वंशावलीमा नयाँ नेतृत्व

धँखल वंशावलीको १६ औं भेलाबाट नयाँ नेतृत्वन पनि चयन भएको छ । झापाको दमक नगरपालिका ४ चियादोकानमा भएको भेलाबाट धँखल वंशावली सेवा समितिको अध्यक्षमा उर्लाबारीका पदम श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा विराटनगरका कर्णबहादुर श्रेष्ठ, सचिवमा प्रेम श्रेष्ठ, सह सचिवमा उर्लाबारीका भीम श्रेष्ठ र कोषाध्यषमा झापा गौरदहका शम्भु श्रेष्ठ रहेका छन् ।

समितिको सदस्यहरुमा अनिल श्रेष्ठ, नवीन श्रेष्ठ, तिर्थ श्रेष्ठ रहेका छन् । थप एक जना सदस्य पछि बैठकबाट मनोनित गर्ने भएको छ ।
धँखल वंशावली सेवा समितिमा झापा, मोरङ र ताप्लेजुङ्गका नेवार सामुदाय आवद्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर