animated ellipse animated ellipse

विराटनगरमा छठको रौनक, अस्ताउँदो सुर्यलाई दिइयो अर्घ(फोटो फिचर)

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ कार्तिक २०८१, बिहीबार १८:०७
144
Shares
सुनसरी मोरङ सिचाई आयोजनको नहरमा अस्ताउँदो सुर्यलाइ अर्घ दिँदै ब्रतालुहरु । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सुर्यलाई पूजा–आराधना गरी अर्घ दिइएको छ ।

जलाशयमा दुलहीझैँ सिँगारिएको घाटमा व्रतालुहरूले अस्ताउँदो सूर्यको अर्घ दिइएको छ ।

स्थानीय रूपमै माटोले बनाइएको माटोको नयाँ घैलो, हाँथी, कोसिया कुरबार, बाँसले बनाइएको कोलसुप, सुपा, ढकिया, चंगेरासहितमा प्रसाद राखी जम्मा भएका व्रतालुहरूले जलाशयको दृश्यमनमोहक देखियो ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा व्रतालुले दुवै हातमा चालमको घोल र सिन्दूर लगाएर अक्षता र फुलसहित पालैपालो अर्घ्य सामग्री सूर्य देवता समक्ष अर्पण गरिएको छ ।

३६ घण्टासम्म पानी समेत नखाई व्रतबसिने यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्य देवतालाई अर्घ दिँदै छठीमाताको पूजाआराधना गर्ने गरिन्छ । शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि छठ विधिवत् रूपमा समापन हुन्छ ।

विना भेदभाव सबै जाति र समुदायपोखरी, नदी र जलाशयको घाटमा जम्माभई सँगसँगै सूर्य देवताको पूजागर्ने परम्परा रहेको यो पर्व साम्प्रदायिक सद्भाव, धार्मिक सहिष्णुता र मेलमिलापको संगम साबित भएको छ ।

सूर्यको आराधना र उपासना गरी मनाइने छठ पर्वको विराटनगरमा रौनक छाएको छ । छठ पर्वको मूख्यदिन छठमा व्रत बसेका श्रद्धालुहरू विराटनगरस्थित सिंघिया, केसलीया, सुनसरी मोरङ सिचाइआयोजनाको नहरमा पूजास्थलमा भेला भएका छन् । छठ पर्वको रौनक हेर्न भक्तजनहरूको खोलाकिनारमा भक्तजन र पूजा सामग्रीले भरिभराउ भएको छ ।

भक्तजनले छठको पूजाकालागिउखु, केरा, हल्दी, अदुवा, कागती, मुला, नरिवल, पान, सुपारी लगायतका विभिन्न फलफूल ल्याएका छन् । छठ पर्वको अवसरमा पूजास्थलमा हुने भिडलाई नियन्त्रण गर्न प्रहरी र स्वयं सेवकलाई खटाइएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फलपाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ । तस्वीरहरु पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर