खबर पूर्वाञ्चल
मोरङमा ६४, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २४ पुरुष ८ महिला, रंगेलीमा २३ पुरुष ६ महिला, बुढीगंगामा २ पुरुष, कटहरीमा १ महिला, झापाको मेचीनगर र विर्तामोडमा १–१ पुरुष, सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २२ पुगेको छ ।
विराटनगर २ नम्बर वडाका सबैभन्दा धेरै रहेको भेटिएको छ । २ का ५ जना रहेका छन् । यसैगरी विराटनगरस्थित न्यूरो हस्पिटलका थप २ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ ।
न्युरो अस्पतलाको प्रशासनतर्फका एक जना पुरूष र सरसफाइ गर्ने एक जना महिलामा कोरोना संक्रमण देखिएको हो । यस्तै मोरङ सहकारी अस्पतलामा १ जना पुरूषमा संक्रमण देखिएको छ ।
आजै आएको रिपोट अनुसार विराटनगर ३ मा ४ जना, विराटनगर ४ मा १ जना, विराटनगर ५ मा ३ जना, विराटनगर ६ मा १ जना, विराटनगर ७ मा १ जना, विराटनगर ९ मा ४ जना, विराटनगर १० मा १ जना, विराटनगर ११ मा १ जना, विराटनगर १३ मा १ जना, विराटनगर १४ मा १ जना र विराटनगर १५ मा १ जना छन् । बाँकी संक्रमितको स्वाब संकलन गर्दा विराटनगर मात्र ठेगना उल्लेख भएकोले उनीहरुको वडा खुलेको छैन ।
प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा उदयपुरका ४ र मोरङका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय १० पुगेको छ ।