AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा “O” लेभल क्रिकेट अम्पायर तथा स्कोरर तालिम सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ जेष्ठ २०८२, आईतवार १९:१९
189
Shares
विराटनगर / नेपाल क्रिकेट संघको आयोजनामा विराटनगरमा सञ्चालित तीन दिने ‘O” लेभल अम्पायर तथा स्कोरर तालिम सम्पन्न भएको छ।

जेठ १५ देखि १७ गतेसम्म सञ्चालन भएको तालिममा कोशी प्रदेशका ११ वटा जिल्लाबाट ३५ जना सहभागी भएका थिए। सहभागीहरूमा धनकुटा, संखुवासभा, मोरङ, सुनसरी, ओखलढुंगा, उदयपुर, खोटाङ, झापा, ताप्लेजुङ, पाँचथर र भोजपुर जिल्लाका प्रतिनिधिहरू रहेका थिए।

उक्तकार्यक्रममा वरिष्ठ अन्तर्राष्ट्रिय अम्पायर बुद्धि प्रधान प्रमुख प्रशिक्षकका रूपमा रहेका थिए ।प्रशिक्षणमा क्रिकेटका नियम, आधुनिक स्कोरिङ प्रणाली र निर्णय क्षमताको विकास लगायतका विषयहरू समेटिएका थिए भने कार्यक्रममा सहभागीहरूले अम्पायर र स्कोररको भूमिकाबारे व्यवहारिक ज्ञान लिँदै स्थानीयदेखि प्रदेशस्तरका खेलमा जिम्मेवारी निर्वाह गर्ने क्षमताको विकास गरेका छन । यसकार्यक्रमको अन्तिम दिनमा सहभागीहरूले लिखित तथा व्यवहारिक परीक्षा पनि दिएका थिए ।

तालिममा सहभागीहरूले प्रमाणपत्र प्राप्त गर्नुका साथै क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगिताहरूमा जिम्मेवारी लिन सक्ने तयारीसमेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर