RUMPUM
animated ellipse animated ellipse

स्वास्थ्य संस्था सेवा मुलक हनुपर्दछ : स्वास्थ्यमन्त्री यादव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ असार २०७९, बिहीबार १६:२४
90
Shares
विराटनगर / प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले स्वास्थ्य संस्थाहरू नाफामुलक भन्दा पनि विरामीलाई गुणस्तरीय सेवा प्रदान गरि सेवामुलक बन्नुपर्ने बताएका छन् ।

पछिल्लो समय यहाँका निजी हस्पिटलहरू सेवामुलक भन्दा पैसा कमाउन नाफातर्फ अग्रसर भएकोप्रति चिन्ता व्यक्त गर्दै स्वास्थ्यमन्त्री यादवले मानव सेवातर्फ ध्यान दिनुपर्नेमा जोड दिएका हुन् ।

हब र सेटलाइट हस्पिटलहरु बिचको अन्र्तक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री यादवले एक अर्कामा प्रतिस्पर्धा गर्नुभन्दा पनि अस्पतालले गुणस्तरमा ध्यानदिनुपर्ने बताए । निजी क्षेत्रसँग प्रदेश सरकारले सहकार्य र समन्वय गरेर काम गर्ने उनले बताए । स्वास्थ्यमन्त्री यादवले सरकारी अस्पतालका चिकित्सकहरू विरामीप्रति जिम्मेवारी बन्नुपर्ने बताए । ‘मेरै निर्वाचन क्षेत्रका एक जना विरामी राती कोशी हस्पिटल पुगेका रहेछन् ।

अस्पतालको आकस्मिक कक्षमा पुग्दा डाक्टर नभएको भन्दै मलाइ फोन गरेका थिए,’ स्वास्थ्यमन्त्री यादवले भने, ‘यसरी अस्पतालमा चिकित्सक आफ्नो डियुटिमा नबस्नु गैरजिम्मावरपन हो । त्यसैले चिकित्सक जिम्मेवार बहन गरि विरामीको सेवामा लाग्नुपर्दछ ।’

चिकित्सकले उपचार विधिमा पनि ध्यान दिनुपर्ने बताए । ‘चिकित्सकले हस्पिटल आएका विरामीलाई राम्रोसँग परार्मश दिदा मात्र पनि विरामी धेरै जाति हुने गर्दछन्,’ उनले भने, ‘त्यही भएर हस्पिटल आउने विरामीलाई चिकित्सकले सहज रूपमा काउन्सिलिङ्ग गरेर उपचार गरिनुपर्दछ ।’

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिब इन्द्रमणी पोखरेलले तीन तहको सरकारले समन्वय र सहकार्य गरि स्वास्थ्यको क्षेत्रमा काम गरिनुपर्नेमा जोड दिए । प्रदेश १ का स्वास्थ्य मन्त्रालयका सचिब डा. अनुज भट्टचनले सरकारी अस्पतालमा दक्षजनशक्ती राखेर गुणस्तरीय सेवा दिनुपर्ने बताए । ‘जस्तोसुकै विपदमा पनि उपचार गर्नसक्ने संयन्त्रको विकास गर्ने जनशक्ति राख्निुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसको लागि प्रदेशले स्वास्थ्य नीति बनाउन पनि लागि परेको छ ।’

कोशी अस्पतालका मेसु डा. यज्ञराज खरेलले प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीलाई सुधार गर्नेतर्फ आफु अग्रसर भएर लागि परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर