खबर पूर्वाञ्चल
रतुवामाई–७ मसानघाटमा लगेर बुधबार साँझ बालिकालाई बलत्कार गरेको उजुरी पछि स्थानीय २० वर्षीय अभिषेक राजवंशी पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।
उपचारका क्रममा बालिका बलत्कृत भएको खुलेको डीएसपी राईले बताए । उनका अनुसार रक्तश्राव नरोकिएर बालिका बेहोस समेत बनेकी थिइन् । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उपचारका लागि राजवंशीले आफैले बालिकालाई लगेका थिए । उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचाररत बालिकाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको डिएसपी राईले बताए । राजवंशीविरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन प्रहरीले शुक्रबार अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।