कराँते डो संघ कोशीको अध्यक्षमा कडेल

खबर पूर्वाञ्चल, ७ जेष्ठ २०८०, आईतवार १७:३१
270
Shares

विराटनगर / नेपाल वादोरियो कराँते डो संघ कोशी प्रदेश गठन भएको छ । विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी कराते डो संघ गठन गरेको हो ।

नेपाल वादोरियो कराँते डो संघ कोशी प्रदेशको अध्यक्षमा राजन कडेल निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा पुष्पधन शाक्य, सचिव राजु धमला, र कोषाध्यक्षमा दुर्गाचरण राजवंशी रहेका छन् ।

समितिको अन्य सदस्यहरुमा विमला नेपाल, राम गुरुङ्ग, अनिलकुमार राजवंशी, दिपेश कोइराला, सुरेश भट्टराई, हिराकुमारी थापा मगर र सुजन आचार्य रहेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष जिनाजंग कार्की रहेकी थिइन् । उनले खेलकुद क्षेत्रको विकासमा प्रदेश खेलकुद विकास बोर्ड लागि परेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

semi
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५